नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत गएको छ ।
देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो । त्यसपछि देउवा समूहले आधिकारिकता दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दिन लागेको हो । अहिले नेताहरू सर्वोच्चमा जम्मा हुने क्रम जारी छ ।