थारु बस्तीमा माघीको उमङ्ग

Tharu-girls

माघको कठ्याङिग्र्दोँ जाडोलाई बेवास्ता गर्दै सिरहासहित आसपासका जिल्लाका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वका कारण यतिबेला गाउँगाउँमा रमाइलो वातावरण बनेको छ ।

माघीको अवसरमा थारु महिलाहरू चामलको पिठोबाट बनाइने परम्परागत परिकार ‘ढिक्री’, अनदीको जाँड, रोटी र माछाका विभिन्न परिकार बनाउन व्यस्त छन् । गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने र सामूहिक रूपमा पर्व मनाउने तयारी भइरहेको छ ।

सिरहाको लहान र धनगढीमाई नगर क्षेत्र, जहाँ थारु समुदायको बाक्लो उपस्थिति छ, त्यहाँ एक हप्ताअघिदेखि नै तयारी सुरु भइसकेको थियो । लहानका वानोगाउँ, गोठटोल, पडरिया र बर्छवालगायतका स्थानमा माघी मेलाको रौनक सुरु भइसकेको छ । थारु कल्याणकारिणी सभाका जिल्ला सभापति सत्यनारायण चौधरीका अनुसार माघी केवल खानपिनमा मात्र सीमित छैन । उहाँले भन्नुभयो, “थारु जातिका थरीथरीका परिकारको स्वाद लिनु, आफ्नै मौलिक भेषभूषामा सजिनु र थारु भाषाका गीतमा झुम्नु नै माघीको वास्तविक सुन्दरता हो । यसले हाम्रो भाषा र संस्कृतिलाई पुस्तान्तरण गर्न मद्दत पु¥याउँछ ।”

त्यस्तै, धनगढीमाईमा ‘तेस्रो जिल्लास्तरीय तिला सङ्क्राइत उत्सव–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ । नगर संयोजक शम्भू चौधरीले उत्सवमार्फत समुदायको कला र संस्कृति प्रदर्शन गरिने जानकारी दिनुभयो ।

माघीको अघिल्लो रात आगोको धुनी बालेर ताप्ने र भोलिपल्ट बिहानै ९भाले बासेसँगै० पवित्र नदी वा खोलामा गएर स्नान गर्ने परम्परा छ । नुहाएर फर्किएपछि घरका मान्यजनलाई ढोग गर्ने र ‘खिचडी’ दान गर्ने विशेष चलन छ ।

स्थानीय जानकार अनिल चौधरीका अनुसार यो पर्वले सामाजिक एकता र भ्रातृत्वलाई बलियो बनाउँछ । उहाँ भन्नुुहुन्छ, “हामी माघीमा नुहाएर आएपछि आफूभन्दा ठूलाको आशीर्वाद लिन्छौँ र तिल, चामललगायतका सामग्री दान गर्छौं । यो हाम्रो पुर्खादेखि चल्दै आएको पवित्र संस्कार हो ।” वेशभूषा, नाचगान र खानपिनको सङ्गम मानिने माघीले सिरहाका थारु बस्तीलाई अहिले उत्सवमय बनाएको छ । रासस

ताजा समाचारहरुः

थारु बस्तीमा माघीको उमङ्ग

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

थारु बस्तीमा माघीको उमङ्ग

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

थारु बस्तीमा माघीको उमङ्ग

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

थारु बस्तीमा माघीको उमङ्ग

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

थारु बस्तीमा माघीको उमङ्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

थारु बस्तीमा माघीको उमङ्ग

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

थारु बस्तीमा माघीको उमङ्ग

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी