चितवन । चितवनकाे रत्ननगर वडा नं–१४, पिठुवास्थित चाउचाउ उद्योगमा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेका एक कामदारको उपचारका क्रममा मृत्यु भएको छ ।
स्मार्ट फुड एण्ड स्न्याक प्रालि (चाउचाउ फ्याक्ट्री) मा काम गर्ने कर्मचारी रत्ननगर–१४ बस्ने ५५ वर्षीय बलबहादुर गुरूङ सोही उद्योगमा बिजुलीको काम गर्ने क्रममा एक्कासि दुई तलामाथिबाट खसेर गम्भीर घाइते भएका थिए ।
शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका गुरूङलाई उपचारका लागि बकुलहर रत्ननगर अस्पताल, टाँडी ल्याइएकोमा निजको उपचारको क्रममा मंगलबार मध्याह्न १२ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।