जाँचबुझ आयोगले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउने बताएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अध्यक्ष ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताएका हुन् ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीले अध्यक्ष कार्कीलाई सोधे– एमाले अध्यक्ष ओलीलाई बयानमा कहिले बोलाउनुहुन्छ ? जवाफमा अध्यक्ष कार्कीले अध्यक्ष ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताए । उनले भने, ‘उहाँलाई बोलाउने क्रममा छौँ हामी।’
बोलाउँदा पनि आउनु भएन भने के गर्नु हुन्छरु’ सञ्चारकर्मीले सोधे। ‘आउनु भएन भने भोलिको कुरा भोलि नै हुन्छ’, कार्कीले भने।