Latest News

गैँडाकोट महोत्सवको तयारी तीव्र,यस्ता छन् आकर्षण

Youtube-Project.00_03_57_37.Still001

स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको गैँडाकोट महोत्सवको मुख्य आकर्षणको रुपमा ‘जलपरी’ राखिने भएको छ । स्थानीय कृषि तथा जिल्लाका उद्योगबाट उत्पादित सामग्रीलाई प्राथमिकता दिइने महोत्सवको आकर्षणमा जलपरी राखिने भएको आयोजक जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटले जनाएको छ ।

महोत्सव तयारीबारे जानकारी दिँदै महोत्सवका मूल संयोजक एवम् जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले महोत्सवमा राखिने जलपरीसँग फोटो तथा भिडियो खिच्न पाइने बताउनुभयो । उहाँकाअनुसार महोत्सवमा विश्वविख्यात पाकिस्तानी लेदर, बङ्गलादेशी गार्मेन्ट, महिला उद्यामीले उत्पादन गरेका सामग्री राखिनेछ । गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको कँडेलले बताउनुभयो ।

महोत्सवलाई भव्यरुपमा सञ्चालन गर्नका लागि जिल्लाका विभिन्न सङ्घसंस्था तथा समूहसँग छलफल भइरहेको सङ्घका सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार महोत्सवमा स्थानीय उत्पादनको रुपमा अदुवाको जाम, राष्ट्रिय भजन प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारबाट दैनिक सांस्कृतिक प्रस्तुतिसमेत हुनेछन् । महोत्सव उद्घाटनका दिन पुस २५ गते बिहान जिल्लाका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा वेषभूषसहितको वृहत झाँकी निकालिने सापकोटाले बताउनुभयो ।..