Latest News

एमाले महाधिवेशनः अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

काठमाडौँको भृकुटीमण्डपमा मङ्गलबार जारी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार द्वय केपी शर्मा ओली र ईश्वर पोखरेल भलाकुसारी गर्नुहुँदै  । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।