Latest News

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाइयो, अब १९ पदाधिकारी, कुनको संख्या कति ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन  काठमाडौँको भृकुटीमण्डपमा सहभागीहरु  । तस्बिर  चन्द्रकला क्षेत्री/रासस

इतर पक्षको असहमतिबीच नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाएका छन् । यसअघि विधान संशोधन गरेर १५ मा झारिएको थियो । तर, अध्यक्ष ओलीले नेता व्यवस्थापनको सहजताको लागि पदाधिकारीको संख्या पहिलेजत्तिकै १९ बनाउने प्रस्ताव केन्द्रीय समितिबाट पारित गराएका हुन् ।

पछिल्लो पारित प्रस्तावअनुसार अब वरिष्ठ उपाध्यक्ष पद हुने छैन । तर, एक अध्यक्ष, पाँच उपाध्यक्ष, १ महासचिव, तीन उपमहासचिव र ९ सचिव गरी पदाधिकारी १९ बनाउन निर्णय केन्द्रीय कमिटीबाट गरिएको हो, जसमा ३३ स्थायी कमिटी र ९९ पोलिटब्युरो र ३०१ केन्द्रीय सदस्य हुनेछन् । ओलीको यो प्रस्तावको विपक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई उभिएका थिए । तर, केन्द्रीय कमिटीको बहुमतमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको आकार बढाउने निर्णय लिएका हुन् ।