Latest News

२०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति दोहोर्‍याएर छानबिन गर्न प्रचण्डको माग

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विराटनगरमा सोमबार आयोजित कोशी प्रदेशस्तरीय पार्टी एकता सन्देश सभामा धारणा राख्नुहुँदै । तस्बिरः मनोज दाहाल/रासस

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति दोहोर्‍याए छानबिन गर्न माग गरेका छन् ।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयोजक प्रचण्डले सोमबार शुभकामना व्यक्त गर्दै उनले यस्तो माग राखेका हुन् ।

उनले भने ,“मैले संसद्को रोष्टमबाटै माग गरेको थिएँ । आज यो दिवसका अवसरमा पनि त्यही मागलाई फेरि सशक्त रूपमा दोहोयार्‍याउँछु ।” “यसका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य छ,”

भ्रष्टाचार विरुद्धको लडाइँ एक दिनको अभियान नभएको भन्दै संयोजक प्रचण्डले यो निरन्तरको सङ्घर्ष भएको बताएका छन् ।

यो दिवसले सबैलाई सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति थप जिम्मेवार बनाउन तथा भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई थप सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास प्रचण्डको छ ।