Latest News

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

gold-silver-600X300

नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँले घटेर दुई लाख ५३ हजार ३०० कायम भएको छ ।
अघिल्लो दिन (बुधबार) सुनको मुल्य दुई लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेर तीन हजार ६२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मुल्य तीन हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।