Latest News

दाइँ महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

202512011254-92f163be-9cfe-401b-ae52-7da4b5b13e49_medium (1)

शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ ।

पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ । विभिन्न सङ्घ संस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गरिने महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ । कृषिलाई पर्यटनसँग जोड्नुपर्छ भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष असारे रोपाइँ महोत्सव गर्दै आएको परिषद्ले गत वर्षदेखि दाइँ महोत्सवसमेत गर्न थालेको छ ।