Latest News

काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य

एनपिएलः चितवन राइनोजका खेलाडी
काठमाडौँ, १२ मङ्सिरः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको पहिलो खेलमा शुक्रबार चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धामा चितवन राइनोजका खेलाडी  । तस्बिरः किरणराज विष्ट÷रासस

काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे ।

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य
१२ मंसिर, काठमाडौं । जोन सिम्पसनले अर्धशतक बनाएपछि काठमान्डु गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९।४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा अलआउट भएको हो ।

काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तर, सिम्पसन १७औं ओभरमा आउट भएपछि काठमान्डुका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन् ।