Latest News

सार्वजनिक जग्गा अतिक्रमण गर्ने जलप नेपालको मनपरीतन्त्रले स्थानीय आजित : होला त कार्वाही !

japaaj-560x280

चितवन : नियम सानालाई कि ठुलालाई ! आम सर्वसाधारणको प्रश्न हुने गर्दछ ? सबैलाई समान ! तर चितवनको भरतपुरमा भने जलप नेपालको मनपरीतन्त्रले सार्वसाधारण आजित मात्र भएका छैनन्् । वन वन्यजन्तु नै प्रभावित बनेका छन् ।
अवैध मापदण्ड विपरित र सार्वजनिक जग्गा अतिक्रमण गरि फलामको काम गर्ने जलप नेपाल प्रालि नामक उद्योगका कारण यहाँ स्थानीय जनता आजित बनेका हुन् । यति मात्र होईन्, विश्व रामसार सूचीमा सूचिकृत बिसहजारी तालको नजिक वातावरणीय प्रभाव मुल्याकंनकै खिल्ली उडाएको छ ।
उद्योगको फलामजन्य पदार्थ तताउदा निकस्ने विकिरण र प्रदृषित धुवाँका कारण सर्वसाधारण आजित बनेको गुनासो छ । तर पनि कार्वाही गर्ने निकाय आर्थिक प्रलोभनमा परेर कार्वाही नगरेको स्थानियले बताउछन् ।

‘निकुञ्ज नजिक छ ! मध्यवर्ती पनि हो आम सर्वसाधरणलाई उद्योग खोल्न गए कहिले के कहिले बाहना बनाईन्छ स्थानिय नारायण चापागाईले भने–निकुञ्ज नजिक यस्तो वातावरणलाई असर गर्ने लखेटेर आएको उद्योग सञ्चालन गर्ने अनुमति दिने कस्तो अचम्मको कानुन ।’
भरतपुर महानगरपालिका वडा नं. ८ गौरीगञ्जमा सार्वजनिक जग्गा अतिक्रमण गरी फलामको काम गर्ने जलप नेपाल प्रालिले सार्वजनिक नहरको जग्गा पुरै अवैध रुपमा समेत सञ्चालित छ । जलप नेपाल प्रालिबाट निस्कने प्रदृषित पदार्थले वातावरण मात्र नभई जौविक विविधतालाई पनि प्रदुषित बनाएको चापागाईले दुखेसो पोखे ।
फलाम गाल्दा निस्कने आईरनको लेदो स्थानीय वासीको खेतमा पुग्दा उत्पादनमा पनि ह्रास आएको र जमिनमा उत्पादन हुन छाडेको स्थानीयको भनाई छ । जलपको मनपरीतन्त्र समस्या सामाधान गर्न पटक–पटक पहल भएपनि सत्ता र पावरको आडमा स्थानियहरुलाई त्रसित बनाउने गरेको पूर्व वडा अध्यक्ष दामोदर न्यौपानेले बताए ।

जलप नेपालको चिम्नीवाट निस्केको आईरनजन्य तत्वले गाउँ नै प्रदुषित बनाएको चापागाई बताउछन् । यसअघि उद्योगको प्रदृषण कै कारण मंगलपुरबाट स्थानियहरुले हटाएरपछि यहाँ आई अवैध रुपमा पावर देखाउदै उद्योग सञ्चालन गरेको न्यौपानेले बताए ।
भने जौविक विविधतामा समेत गम्भीर असर देखा पर्दा समेत चितवन निकुञ्ञ प्रशासन समेत चुप बसेको स्थानियहरु बताउछन् । स्वच्छ भरतपुर महानगर बनाउने उद्देश्यले अगाडी बढि रहेको महानगरले छिटो भन्दा छिटो कार्वाही गर्न स्थानिहरुको माग छ । वातावरण संरक्षण नियमावली २०७७ बमोजिम फलम जन्य उद्योग सञ्चालन गर्दा झण्डै २.५ किलोमिटर टाढा जंगल हुने प्रावाधन भएपनि जलप नेपालले आर्थिक चलखेल गरि यो नियमको ध्जजी उडाएको आरोप पनि लागेको छ ।

उद्योगले सञ्चलान गर्ने मापदण्ड नपुगेको भट्टी जुनसुकै वेला पिस्पोट हुन सक्ने स्थानियहरुले बताउछन् । वायु प्रदूषण, प्रदूषण नियन्त्रण प्रणाली भित्र नियन्त्रण गर्ने र उद्योगकबाट उत्र्सजित अद्यौगिक फोहोर पुनः प्रयोग गर्ने विधि पनि उद्योगले अपनाएको छैन् । उद्योग स्थल २.५ किलोमिटर भित्र कुनै बस्ती नहुने प्रावाधन कानुनमा छ ।
मेसिन सञ्चालन स्थल र भण्डारण स्थलमा अनाधिकृत प्रवेश र गतिविधि रोक्न खतराका संकेतहरु, छेकबार एवं सुरक्षाक्रमी को व्यवस्था कमजोर र प्रदूषण नियन्त्रण प्रणालीले करिब ९८ प्रतिशत वायु प्रदूषण गरेको विज्ञहरु बताउछन् । यस विषयमा उद्योगमा सञ्चालक ताराप्रसाद पौडेलसँग फोन सम्र्पक आएनन् ।