Latest News

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

1762845868-JMl3Z

यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रु ५८ लाख तीन हजार आम्दानी भएको छ ।

आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र रु ३० लाख दुई हजार ४०० को टिकट बिक्री भएको हो । पहिलो सेमिफाइनलमा नै रु पाँच लाख ५० हजार ७०० र अन्तिम सेमिफाइनल खेलमा रु ११ लाख पाँच हजार ५०० बराबरको आम्दानी भएको आयोजकले जनाएको छ ।

पछिल्लो समय महिला फुटबलप्रति आकर्षण बढेका कारण पनि दर्शकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको अध्यक्ष थोप्राले बताउनुभयो । रासस