Latest News

गृहमन्त्रीद्वारा पूर्वराष्ट्रपति भण्डारीको घर अवलोकन

202511061358-fb850707-1106-4bf2-a84e-62277c7671a7_medium

गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित निवासको अवलोकन गर्नुभएको छ।पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो। त्यस घटनापछि पहिलोपटक गृहमन्त्री अर्यालले घटनास्थल पुगेर क्षतिको विवरण र सुरक्षाको अवस्था प्रत्यक्ष अवलोकन गर्नुभएको हो।यसअघि मन्त्री अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास र प्रथम राष्ट्रपति डा. रामवरण यादवको ललितपुर बागडोलस्थित घरको पनि अवलोकन गरिसक्नुभएको छ।अवलोकनका क्रममा गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपतिहरूको घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राज्यले आवश्यक सुरक्षात्मक र मर्मतका काममा सहयोग गर्ने आश्वासन दिनुभएको बताइएको छ।