बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

naradevi_nach_0001-15092017074137-1000x0-1

काभ्रेपलाञ्चोक, कात्तिक २० – बनेपामा आजदेखि परम्परागत, ऐतिहासिक र धार्मिक महत्व बोकेको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सुरु भएको छ।
प्रत्येक १२ वर्षमा आयोजना हुने यो नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा तीन दिनसम्म चल्नेछ।

जात्रा व्यवस्थापन समितिका अनुसार, भक्तपुरबाट देवीको प्रस्थान गराई आज अपरान्ह लायकु गणेशस्थानमा ल्याइनेछ। त्यसपछि परम्परागत नाचगुठीको नेतृत्वमा गुठीयार, ङत त्वाः समाजका सदस्य तथा स्थानीयवासीहरूको सहभागितामा नाच सुरु हुनेछ।समितिकी संयोजक भुलक्ष्मी मानन्धरका अनुसार, सांस्कृतिक बाजागाजासहित मङ्गल यात्रापछि देवीलाई लायकु डबलीमा प्रवेश गराइने र मध्यरातसम्म परम्परागत शैलीमा विभिन्न देवी–देवताको नाच प्रदर्शन गरिनेछ।यो नाच १२ वर्षमा एकपटक काठमाडौँको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक, बसन्तपुर, ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा आयोजना गर्ने परम्परा रहेको छ।

ताजा समाचारहरुः

बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी