२ कात्तिक, काठमाडौं । सुनसरीको धरानमा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका-१९ दिपेन्द्र मार्ग बस्ने बुद्धिबहादुर तामाङकी २ वर्षीया छोरीयुमी तामाङको घर नजिकै रहेको पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको हो ।पोखरीमा डुबेर गम्भी बनेको युमीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा पठाइएको थियो ।उपचारको क्रममा युमीको मृत्यु भएको प्रहरीले जनएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।