नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

1591278162Health-Ministry.jpg1649849818

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एव स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्रचार गरिएको जानकारी दिनुभयो । मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् । उहाँका अनुसार तोकिएको समयभन्दा बढी कामका लागि अतिरिक्त भत्ता व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइनेसमेत निर्देशन दिएको उहाँले बताउनुभयो । यस्तै मन्त्रालयले नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत आग्रह गरेको छ । रासस

ताजा समाचारहरुः

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी