नेप्से परिसूचक ४४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो । आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक हरियो देखिएको छ । बैङ्किङ शून्य दशमलव २८, विकास बैङ्क एक दशमलव ४१, वित्त एक दशमलव ०२, होटल तथा पर्यटन तीन दशमलव ३५, जलविद्युत् दुई दशमलव १०, लगानी दुई दशमलव २७ र जीवन बीमा समूह…