प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक अकाउन्ट गायब भएको छ ।
प्रधानमन्त्री कार्कीले निवर्तामान प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएको अकाउन्ट चलाउन नमानेपछि प्रधानमन्त्री कार्यालयले PM Sushila Karki नामको फेसबुक अकाउन्ट खोलेको थियो । तर, त्यो अकाउन्ट अहिले चल्न छोडेको छ ।
यसबारे कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।
प्रधानमन्त्री कार्कीको नामको नयाँ अकाउन्ट गायब हुँदा उनको नाममा खुलेका अन्य अकाउन्टहरूमा सक्रिय छन्, जसले आमनागरिकमा दुविधा पैदा भएको छ ।
