अविलर वर्षाका कारण भरतपुर विमानस्थल विहानैदेखि बन्द छ । प्रतिकुल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आन्तरिक उडान ठप्प भएपछि भरतपुर विमानस्थल पनि प्रभावित बनेको हो । भरतपुरमा पनि गयराति देखि नै वर्षा भइरहेको छ ।
भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरा गरी दैनिक ७ वटा उडान हुने गरेको थियो । आजको सबै उडान रद्द गरिएको बुद्ध एयर भरतपुरले जनाएको छ । उडान रद्द भएसंगै यात्रुहरु फर्किएका छन् ।
आन्तरिक उडानतर्फ काठमाडौँसहित कम्तिमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडान प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका छन् ।