नेपाललाई धेरैले कमजोर ठान्छन्, तर खेल्न कठिन छः वेस्ट इन्डिजका कप्तान हुसेन

Akeal-1759170306 (1)

वेस्ट इन्डिज क्रिकेट टिमका कप्तान अकिल हुसेनले नेपाली क्रिकेट टिमको नाम सुन्नासाथ धेरैलाई ‘वाकओभर’ पाएजस्तो महसुस भएको हुने भए पनि खेल्न कठिन रहेको बताएका छन् । नेपालले सोमबार युनिटी कप टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा ९० रनको जित निकाल्दै तीन खेलको शृंखला अन्तिम खेलअगावै जितेको थियो । यसअघि, नेपालले पहिलो खेलमा दुई पटकको विश्वकप विजेताविरुद्ध १९ रनको जित निकालेको थियो ।

लगातार दोस्रो खेलमा हारपछि हुसेनले नेपाली टिमलाई धेरैले कमजोर आँक्ने भए पनि वास्तविकता फरक रहेको जनाए । “उनीहरू पछिल्लो चार वर्षदेखि एकसाथ खेलिरहेका छन् । उनीहरूले एक–अर्कालाई राम्रोसँग बुझेका छन् । धेरैले नेपाललाई कमजोर टिम मान्छन् । तर, यस्तो टिमविरुद्ध खेल्न आउँदा सधैँ उत्कृष्ट खेल्न सक्नुपर्छ,” हुसेनले भने, “नेपालको नाम सुन्नासाथ धेरैलाई वाकओभर पाएको जस्तै महसुस हुन्छ । तर, यहाँ नाम र विगतका नतिजाले फरक पार्दैन । यहाँ टिमले के गर्छ र कसरी खेलको स्थितिलाई बुझ्छ भन्ने कुराले अर्थ राख्छ ।”

नेपाली क्रिकेटले इतिहासमै टेस्ट राष्ट्रविरुद्धको शृंखला जितेको यो पहिलोपटक हो । नेपाली टिमले आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध खेलेको पहिलो शृंखलामा नै जित निकालेको हो । दोस्रो जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुने तालिका छ ।

ताजा समाचारहरुः

नेपाललाई धेरैले कमजोर ठान्छन्, तर खेल्न कठिन छः वेस्ट इन्डिजका कप्तान हुसेन

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

नेपाललाई धेरैले कमजोर ठान्छन्, तर खेल्न कठिन छः वेस्ट इन्डिजका कप्तान हुसेन

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

नेपाललाई धेरैले कमजोर ठान्छन्, तर खेल्न कठिन छः वेस्ट इन्डिजका कप्तान हुसेन

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

नेपाललाई धेरैले कमजोर ठान्छन्, तर खेल्न कठिन छः वेस्ट इन्डिजका कप्तान हुसेन

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

नेपाललाई धेरैले कमजोर ठान्छन्, तर खेल्न कठिन छः वेस्ट इन्डिजका कप्तान हुसेन

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

नेपाललाई धेरैले कमजोर ठान्छन्, तर खेल्न कठिन छः वेस्ट इन्डिजका कप्तान हुसेन

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

नेपाललाई धेरैले कमजोर ठान्छन्, तर खेल्न कठिन छः वेस्ट इन्डिजका कप्तान हुसेन

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी