Latest News

राजसंस्थाको पक्षमा खुले डा.मुकुल ढकाल

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82

राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट निकालिएका महामन्त्री डा.मुकुल ढकाल राजसंस्थाको पक्षमा खुलेका छन् । आज सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै जान्नेलाई छान्ने अवस्था आइसकेकाले देश जोगाउन तालिम प्राप्त संस्था राजसंस्था नै भएको दावी गरेका छन् । उनले लेखेका छन्ः

‘जान्नेलाई छान्ने’
अन्य सबै प्रकारका तर्कहरूलाई विश्राम दिनुहोस्, र जान्नेको आधारमा मात्र छान्नुहोस् ।
देशको अभिभावकत्व गर्नका लागी सानैदेखि विशेष तालिमप्राप्त राजसंस्था जान्ने हुन्छ की टुप्लुक्क राष्ट्रपतिको रूपमा छानिएको व्यक्ति जान्ने हुन्छन् रु
जान्नेलाई छान्ने भनेपछी राष्ट्रपति जान्ने की राजा जान्ने ? राष्ट्रपति छान्ने की राजा छान्ने ?
जान्नेलाई छान्ने की नछान्ने ?