Latest News

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकलाई परिवारलाई जनही एक लाख किरिया खर्च

omprakesh-aryal-Griha-mantri-1

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन् ।

शीतल निवासमा शपथ लिएपछि सिंहदरबार छिरेका उनले जेन-जी आन्दोलनसँग सम्बन्धित निर्णय गरेका हुन् ।

यही भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएका ७२ जनाका परिवारलाई काजकिरियाका लागि एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय उनल े गरे ।

उनले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णयसहित त्यसबेला राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको पनि बताएका छन् ।