काठमाडौँ, ९ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता साझेदार दलको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली काँग्रेस,लोसपा,जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी छन् ।