भिस्टारा एयरको जहाजमा भेटिएन बम

basanta-12

काठमाडौं,६ कार्तिक । दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको विमानमा बम रहेको हल्ला ‘फेक’ सावित भएपछि विमान पुनः दिल्लीका लागि उडान भरेको छ।

एक भारतीय नागरिकले ह्वाट्सएपमा विमानभित्र बम रहेको धम्कीपूर्ण मेसेज पठाएपछि सुरक्षाकर्मीहरूले विमानको कडा निगरानीसहित सर्च अपरेसन सञ्चालन गरेका थिए।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जहाजभित्र सर्च गरेको थियो भने हरेक यात्रुको बडी समेत चेकजाँच गरिएको थियो। प्रारम्भिक छानबिन र सर्चपछि कुनै शंकास्पद वस्तु फेला नपरेको विमानस्थल प्रमुख ज्ञानेन्द्र भुलले जानकारी दिए।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो। यात्रुललाई सुरक्षित गरेर खानतलासी भएपनि कुनै त्यस्तो वस्तु फेला नपरेको उनले बताए।

भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान सर्च अपरेसन सञ्चालन भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी भूलले विमानका यात्रुको ‘ह्याण्ड ब्यागेज’ देखि लगेज र कार्गोसमेत चेक गरएको बताए। अहिले विमानस्थलको उडान–अवतरण नियमित छ।

ताजा समाचारहरुः

भिस्टारा एयरको जहाजमा भेटिएन बम

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

भिस्टारा एयरको जहाजमा भेटिएन बम

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

भिस्टारा एयरको जहाजमा भेटिएन बम

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

भिस्टारा एयरको जहाजमा भेटिएन बम

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

भिस्टारा एयरको जहाजमा भेटिएन बम

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

भिस्टारा एयरको जहाजमा भेटिएन बम

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

भिस्टारा एयरको जहाजमा भेटिएन बम

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी