सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

Chhabilal-Joshi-1729604329

काठमाडौं, ६ कात्तिक । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरी रुपन्देही ल्याइएका गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग मंगलवार लामो बयान लिइएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम दुरुपयोगको आरोपमा अनुसन्धानका लागि बुटवल ल्याइएका जोशीलाई झण्डै साढे सात घण्टा लगाएर विभिन्न ५७ वटा प्रश्न सोधेपछि बयान सकिएको हो ।

भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहबरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले उनीसँग बयान लिएका थिए । बिहान ११ बजेदेखि बेलुका पौने ७ बजेसम्म बयान चलेको थियो । जोशीले अनुसन्धानका क्रममा सोधिएका प्रश्नको सहज जवाफ दिएका थिए । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले छविलाल जोशीको बयान सकिएको जानकारी दिए ।

पौडेलका अनुसार जोशीसँग सहकारीका विषयमा लिनुपर्ने बयान लिइसकिएको छ । बयानमा छविलालले पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा समेत केही विषय बोलेको बताइएको छ । ‘हाम्रो अनुसन्धानका लागि आवश्यक बयान सकिएको छ, अब प्रहरीले अनुसन्धान गर्नेछ’ उनले भने । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता लक्ष्मी खनालले जोशीको बयान सकिएकाले उनलाई बुधवार नै पोखरा पठाइने बताइन् ।

ताजा समाचारहरुः

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी