काठमाडाैं । राष्ट्रिय किसान समूह महासंघको आयोजनामा महिला किसान मञ्चको ६ दिने सिकाई शिविरको अन्तिम दिन समीक्षा कार्यक्रमको आयोजना गरिएको छ । ६ दिनसम्म सिकाई शिविरमा रही महासंघका ५ वटा मुख्य एजेण्डामाथि बिस्तृत रुपमा छलफल गर्नुका साथै सिकाईका विविध प्रकृयाहरु अपनाएर शिविरमा सिकेका कुराहरु समीक्षा कार्यक्रममा व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघको तहगत संरचना अन्तर्गत महिला किसान मञ्चको गठन गर्नुका साथै संगठनको सुदृढीकरण र सवलिकरण गिरएको हो । महिला किसान मञ्चका संयोजक अनिता बस्नेतको अध्यक्षतामा संचालन गरिएको यस कार्यक्रममा सिकाई शिविरका सिकाईहरु ग्यालरी प्रदर्शनी, प्रस्तुतिकरण एवं प्यालन छलफलका माध्यमद्धारा प्रस्तुत गरिएको थियो ।
यस सिकाई शिविरमा महिला नेतृत्वको लागि क्षमता विकास, बजेट निर्माण प्रकृयामा महिला सहभागिता र पहल, किसान परिचय पत्र, खाद्य अधिकार, खाद्य सुरक्षा, खाध्य सम्प्रभुता तथा खाद्य ऐनमा महिला किसान मंचले निभाउनु पर्ने भुमिका, पर्यावरणीय कृषि प्रणालीमा महासंघको हालसम्मको प्रयास र नीतिगत पैरवी तथा कृषिमा महिला उत्तरदायि महिला मैत्री कृषि औजार र प्रविधि आदि जस्ता विषयमा बृहत छलफल तथा समुह कार्यहरु गरिएको थियो ।
सातवटै प्रदेश तथा स्थानीय तहमा महिला किसान मञ्च गठन गर्ने, छरिएका महिला किसान समुह सहकारीहरुलाई एकिकृत गरी राज्यको सेवा सुविधा लिन पहुच पुर्याउने र सातै प्रदेशमा महिला किसानका मुद्धाहरू उठाउने लगायतका कार्यदिशा रहेको मञ्चका संयोजक अनिता बस्नेतले प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले महिला किसान मञ्चको उपादयेता र सिकाई शिविरको सिकाईलाई व्यवहारमा लागु गर्दै आगामी दिनमा प्रदेश तहसम्म सिकाई शिविरलाई विस्तार गरिने बताउँनुभयो ।
कार्यक्रमका वक्ताहरुले छोटो समयमा सिकाई शिविरमा सहभागीहरुको नेतृत्व क्षमता बढेको देखेर खुशी लागेको बताउनुभएको थियो । किसानहरु देसकै सान भएको हुदा आगामि दिनमा किसानहरुलाई, व्यवसायिक, प्राविधिक र आधुनिकीकरणा गर्दै जानू पर्ने धारणा राखेका थिए ! कार्यक्रममा महिला कृषकहरुले महिला कृषक मैत्री कृषि यन्त्र उपकरण र प्रविधिको विकासमा जोड दिनुपर्ने । स्थानिय, प्रदेस तथा संघिय सरकारले नीति तथा योजनामा कृषीलाई उच्च प्राथिमकतामा राख्नु पर्ने बताएका थिए ।