चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

GB-Rai-Shahara-chitwan-Shakari-1024x624-1

चितवन,८  असोज । चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा गितेन्द्र बाबु राई (जिबी) सहित १७ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज (मंगलबार) मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलले जानकारी दिए।

‘प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गरेको आरोपमा साहारा सहकारीका तत्कालिन अध्यक्ष जिवि राईसहित १७ जनालाई विपक्षी बनाएर ठगी सम्बन्धी कसुरमा मुद्दा दायर गरेका छौँ, उनले भने।

जिल्ला प्रहरी कार्यालयमा एक वर्षअघि पीडितले रकम हिनामिना गरेको आरोपमा १४ जना विरुद्ध उजुरी दिएका थिए। त्यसपछि चितवन अदालतले असोज ९ गते प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। अहिले अनुसन्धानका क्रममा देखिएका थप ३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको लुईटेलले जानकारी दिए।

सरकारी वकिल कार्यालयले जिवि राई सहित कुमार रम्तेल, सागर केसी, बिर बहादुरर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

प्रतिवादी बनाइएकामध्ये कुमार रम्तेल आषिश आनन्द र छत्रमणी भट्टराई कारागार छन्। अन्य १४ जना फरार रहेका छन् । सरकारी वकिल कार्यालयले कुमार रम्तेलसंग मात्र वयान लिएको छ। पोखरा कारागारमा रहेका रम्तेलले आफु जिबि राईको कर्मचारी भएकाले जिबिले भने अनुसार काम गरेको बयानमा बताएका छन्।

साहारा सहकारीमा ६ हजार ३३४ बचत कर्ता छन्। त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४४६ जनाले सो रकमको माग सहित उजुरी दिएका थिए। साहाराको सफटवेयरमा हेर्दा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ पैसा हिनामिना भएको देखिन्छ। तर, हालसम्म उजुरी १४ करोड ६७ लाख ७७२ रुपैयाँको मागदाबी गर्न कोही नआएको लुईटेलले जानकारी दिए। पछि जाहेरी परेको खण्डमा पुरक मुद्दामा पेश गर्ने उनले बताए।

गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार संकास्पद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर सो रकमको कारोबार के कसरी को संग गएको हो सोको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले मुलुकी संहिता २०७४ को दफा ३५ अनुसार पुरक अभियोगमा पेश गर्ने बताईएको छ।

कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा ५४ बमोजिम गठी भएको रकमको बिगो जाहेरवालालाई दिलाई दिन माग गर्दै मुद्दा पेश गरेको छ। उनीहरुलाई कार्यालयले सम्पती शुद्धिकरण तर्फ पनि प्रतिवादी बताएको छ।

चितवन साहाराबाट सबैभन्दा बढी रकम गोर्खा मिडियामा गएको छ। त्यसपछि जिबीकै नेचर हर्बल इन्टरनेशनल प्रा।लि, जिबी ग्रुप अफ कम्पनी, नेचर नेष्ट प्रालि स्प्रिड उड रियल स्टेड हाउजिङ लगायतको कम्पनीमा रकम गएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ।

चितवन प्रहरीलाई कार्यालयले सम्पती शुद्धिकरण तर्फ अनुसन्धान गर्न समेत निर्देशन दिएको छ। अनुसन्धान अधिकृतलाई पत्र नै काटेर कानुन अनुसार १७ जना प्रतिवादीको सम्पती विवरण पेश गर्न माग गरेको हो।

चितवन प्रहरीले तत्कालीन नारायणकाजी गृहमन्त्री श्रेष्ठका पालामा सहकारीका बचतकर्तालाई उजुरी दिनका लागि आह्वान गरेको थियो, तर रवि लामिछाने गृहमन्त्री भएपछि जिल्लामा साहारा सहकारीको अनुसन्धान रोकिएको थियो । प्रहरीले फेरी फाइल अगाडि बढाएको हो।

बचतकर्ताहरूले आफ्नो रकम फिर्ता गराइदिन पटकपटक भेट गरी ठूला राजनीतिक अध्यक्ष र सभापति तथा सरोकारवाला निकायसँग अनुरोध गरेका थिए। संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन कार्यान्वन गर्न सरकारले पनि निर्देशन दिएको छ। रकम फिर्ता हुनेमा केही आशाबादी भएको साहारा सहकारी संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए।

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, चितवन २ का सांसद रवि लामिछाने, सहकारी मन्त्रालय, विभाग, महानगर वडाध्यक्ष सबैलाई उनीहरुले बचत फिर्ता गराईदिनका लागि अनुरोध गरेका थिए।

ताजा समाचारहरुः

चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी