एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक

newskarkahna-news758010

काठमाडौं, ८ असाेज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात्  १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा  सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो ।

परीक्षा नियन्त्रक  कार्यालयका अनुसार पुरक परीक्षामा ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ ।

नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना रहेका छन् । जीत्यस्तै पीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना छन् भने जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५१८ जना रहेका छन्।

लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ।

यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । २०८० मा  सञ्चालित एसईईको नियमित परीक्षामा पनि  ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएपछि सरकारले सबै अनुतिर्ण विद्यार्थीलाई पुरक परीक्षा दिने अवसर दिएको थियो ।

ताजा समाचारहरुः

एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी