Latest News

रविको दाबीः सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयो

rabi

काठमाडौ, ३१भदौ। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको पुष्टि भएको दाबी गरेका छन् ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

“पूरै रिपोर्ट पढ्न पाएको छैन तर, के पुष्टि भयो भने सहकारी ठगीमा मेरो संलग्नता छैन । यो पुष्टि भयो,” उनले भने ।उनले सहकारी पीडितलाई न्याय दिलाउन हरसम्भव प्रयास गर्ने बताए । “ज-जसको सहकारीमा राखेको बचत अपचलन भएको छ । सबैलाई न्याय दिने हाम्रो प्रयास रहन्छ,” उनले भने, “म सरकारमा हुँदा पनि यही प्रयास गरेको थिएँ ।”

यसअघि रवि आफैँ ठगीमा संलग्न भएको भन्दै आरोपित गरिएको थियो । तर, त्यसविरुद्ध छानबिन गर्न बनेको समितिले भने रविलाई दोषी देखाएको छैन । सहकारीबाट ऋण लिँदा रविको कुनै संलग्नता नदेखिएको तर, अपचलन गरिएको रकम खर्च गर्ने काममा भने उनको संलग्नता देखिएको समितिको निष्कर्ष छ ।