Latest News

रत्ननगरमा नेवारी भाषा प्रशिक्षण सुरु

Messenger_creation_7EEDBD0F-64C9-479D-A6C7-DD8412258EB2

रत्ननगर । रत्ननगरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

नेवाःदेय् दबु जिल्ला समिति र रत्ननगर समितिको आयोजना तथा भिंज खल: र नेवा मैंज पुज रत्ननगरको सहयोगमा बुधबारबाट प्रशिक्षण कार्यक्रम सुरु भएको हो । असोज ४ गते सम्म चल्ने प्रशिक्षण कार्यक्रममा २५ जना प्रशिक्षार्थी रहेका छन् ।

पछिल्लो समयमा नेवारी भाषा लोप हुन थालेको भन्दै भाषाको संरक्षणको लागि कार्यक्रम आयोजना गरिएको भिंज खलः रत्ननगरका अध्यक्ष गोबिन्द कृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी रत्ननगरका मेयर प्रलाद सापकोटाले भाषा ,संस्कृति जाेगाउन गरिएको कार्यक्रम ले भाषा संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेवाःदेय् दबु रत्ननगर नगरकमिटीका अध्यक्ष श्याम कुमार प्रधान को अध्यक्षतामा भएको कार्यक्रममा , रत्ननगर वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, नेवाःदेय् दबु: केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, गाेपाल राज कर्माचार्य,केशवलाल कर्माचार्य लगायतको सहभागीता रहेको थियो । भाषा प्रशिक्षकका रुपमा गाेबिन्दकृष्ण श्रेष्ठ ,बद्रीमान श्रेष्ठ,निरंजन हाडा र नितु मानन्धर रहेका छन् ।