नारायणगढ १९ भदौं । भरतपुर महानगरपालिका २ मा अवस्थित बालकुमारी कन्या मा. बि. मा अध्ययन गर्ने कक्षा १ देखी १२ सम्म अध्ययनरत बिथ्यार्थीहरुको आँखा परिक्षण गरिएको छ ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोटर्याक्ट क्लब अफ भरतपुरको संयुक्त आयोजना तथा भरतपुर आँखा अस्पातलको प्राबिधिक सहयोगमा गरिएको कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शेर बहादुर पौडेलको अध्यक्षता तथा रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सविन पौडेलको सहअध्यक्षता रहेको थियो भने प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाट रहनु भएको थियो ।
कार्यक्रममा बालकुमारी कन्या मा. बि. का बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष बालगोपाल चुके, भरतपुर आँखा अस्पतालका प्राबिधिक प्रमुख रमेश घिमिरेज्यु बिशेष अतिथी रहनु भएको थियो विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद वाग्ले तथा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्व अध्यक्षहरु अतिथी रहनु भएको थियो । प्रमुख अतिथीज्युबाट सेवाग्राही बिद्यार्थीलाई जाँच पुर्जी दिएर आँखा परिक्षण कार्यक्रम शुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी रानाभाटज्युले आफ्नो मन्तब्य राख्दै समाज र देशभरी नै “लायन्स”लाई एक दशक अगाडि चिनिने जानिने नाम नै “आँखा शिबिर गर्ने सस्था” भनेर बुझिन्थ्यो, तर हाल आएर आँखाको क्षेत्रमा लायन्सले काम गर्न कम गरेको हो कि?!! भन्ने महसुस भईरहेको बताउदै लायन्सले हाल फेरी पहिले जसरी नै समाजसेवामा आँखा शिबिरको शुरुवात गरेको जसरी बिद्यालयमा आएर आँखा परिक्षण शिबिरको आयोजना गरी विद्यार्थीहरुको स्वास्थ्य प्रती देखाउनु भएको चासोका लागि दुबै आयोजक क्लबलाई हार्दिक धन्यवाद दिनु भएको थियो ।
दृष्टि विशेषज्ञ सविना भट्टराई, आशिका खड्का, मोनिका पौडेल र पुष्पा अधिकारिले परिक्षण गर्नु भएको उक्त शिबिरमा कुल १२०० जना विद्यार्थीहरुबाट परिक्षण आवश्यक पहिचान गरिएका २८५ जना विद्यार्थीहरु तथा १७ जना शिक्षक कर्मचारी गरी कुल ३०२ जनाको आँखा परिक्षण गरिएको थियो । परिक्षणबाट आँखामा समस्या देखिएका ५३ जना बिद्यार्थीहरु भेटिएकामा थप उपचारका लागि अस्पताल जानु पर्ने १८ जना बिद्यार्थीहरु तथा चस्मा प्रयोग गर्नुपर्ने २५ जना विद्यार्थी भेटिएका थिए ।
चस्मा प्रयोग गर्नुपर्ने २५ जना विद्यार्थीहरुलाई भने भरतपुर आँखा अस्पतालले निकट भविष्यमा निशुल्क रुपमा चस्मा उपलब्ध गराइ बितरण गरिने जानकारी लायन्स क्लब अफ नारायणगढ बालकुमारीका कोषाध्यक्ष तथा कार्यक्रममा सम्योजक सन्तोष पराजुलीले जानकारी दिनुभयो