खैरहनी । खैरहनी नगरपालिकाले हरितालिका तिज तथा जितियाको अवसर पारेर मंगलबार गित प्रतियोगिता आयोजना गरेको छ । संस्कृति सम्बर्द्धन गर्ने उदेश्य सहित तिज र जितियाको छुट्टाछुट्टै रूपमा प्रतिस्पर्धा गराईएको थियोे ।
तिज गित प्रतियोगितामा वडा नम्बर २ चैनपुर महिला समुह प्रथम भयो । पंचरती महिला समुह वडा नम्बर ५ दितिय हुंदा पिपरा टोल आमा समुह वडा नम्बर ९ ले तृतीय स्थान हासिल गर्यो । प्रथम ,दितिय र तृतीयले क्रमशः नगद १५ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कृष्ण कुमारी गुरुङले जानकारी दिइन् ।
जितिया गित प्रतियोगितामा प्रथम भएको सङ्वा महिला समुह वडा नम्बर १० ले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । चौधरी महिला समुह वडा नम्बर ९ दितिय तथा जागृत महिला समुह वडा नम्बर १२ ले तृतीय भयो । उनिहरुले क्रमशः १० हजार र ७ हजार रुपैयाँँ पुरस्कार पाए ।
प्रतियोगिताका बिजयी टिमलाई नगर प्रमुख शशी कुमार खनिया,उपप्रमुख कविता उप्रेती र प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सापकोटाले पुरस्कार प्रदान गरे । तिज गित प्रतियोगितामा १० टिम र जितिया गित प्रतियोगितामा ७ टिम सहभागी थिए ।
सोही अवसरमा खैरहनी ६ जमौलिमा कृषि उपज हाट बजारको उद्घाटन गरिएको छ । कृषकले उत्पादन गरेको कृषि उपज लगायत अन्य स्थानीय उत्पादन कृषक आफैले बिक्रि गर्ने गरि कृषि उपज केन्द्रको उद्घाटन गरिएको हो। २०७८ साल कार्तिकमा उद्घाटन गरिए पनि बिविध कारणले सो केन्द्र केही समय संचालन भएर बन्द भएको थियो ।
बन्द रहेको सो केन्द्रलाई बर्तमन जनप्रतिनिधिले ब्युताउंदै मंगलबार नगर प्रमुख शशी कुमार खनियाले उद्घाटन गरे ।