Latest News

महानगरलाई देशकै पहिलो ट्रान्सफ्याट मुक्त घोषणा गर्नेछु:उप प्रमुख अधिकारी 

IMG20240830122523
भरतपुर ।   खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याट ( असन्तुलित अन्य तेल) बारे शुक्रबार नारायणगढमा एक अन्तरक्रिया कार्यक्रम भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौंडा र उद्योग बाणिज्य सघ चितवनको सयुक्त आयोजनामा भएको कार्यक्रममा खाद्य पदार्थमा देखिएको  औद्योगिक ट्रान्सफ्याट अर्थात असन्तुलित अन्य तेलका सम्बन्धमा चितवनका होटल ब्यबसायीहरुलाइ एकै ठाउँमा भेला गराएर ट्रान्सफ्याट नियमनका बारेमा जानकारी गराइएको हो ।
ट्रान्सफ्याट खानामा पाइने एक प्रकारको चिल्लो पदार्थ हो । यसलाइ नेपालीमा अति खराब चिल्लो भनिन्छ । स्वास्थका दृष्टिकोणले ट्रान्सफ्याट चिल्लो पदार्थहरु मध्येको सबैभन्दा हानिकारक चिल्लो मानिन्छ । ट्रान्सफ्याट प्राकृतिक र कृत्रिम गरि दुई स्रोतबाट प्राप्त गर्न सकिन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौंडाका प्रमुख काशीनाथ घिमिरेले ट्रान्सफ्याटले रगतमा खराब कोलेस्ट्रोल “एल्डिएल”को मात्रालाइ बढाउने बताउनुभयो । जसका कारण ह्रदयघात र मस्तिष्कघातको समस्या आउने गर्दछ । उहाँका अनुसार ट्रान्सफ्याट क्यान्सरको सम्भावना बढाउने एक कारक तत्व पनि हो जसबाट महिलाहरुमा स्तरको क्यान्सर हुने अवस्था देखा पर्दछ ।
कार्यलयका अनुसार उद्योगमा तयार गरि प्याकेटमा बन्द गरिएका खाद्य पदार्थहरु बिस्कुट,कुकिज,तयारी चाउचाउ,भुजिया,दालमोठ,कुरकुरे,चिजवल्स,आलु चिप्स आदिमा बढी मात्रमा  ट्रान्सफ्याट प्राप्त गर्न सकिन्छ । त्यस्तै गरि बनस्पति घिउ,बेकरीका सामानहरु,पिजा,फास्टफुड जस्ता बस्तुहरुमा अत्याधिक मात्रमा ट्रान्सफ्याट पाइने गर्दछ ।
कार्यलयका खाद्य अनुसन्धान अधिकृत अमृता राइले खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याटको बर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । राइको कार्यपत्रमा उल्लेख भएअनुसार बिश्वमा प्रत्येक बर्ष  २ करोड मानिसहरु ट्रान्सफ्याट कै कारण मुटु रोगबाट मर्ने गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले ट्रान्सफ्याट निकै डरलाग्दो र भयावह ल्याउन सक्ने खालको खतराजन्य बस्तु रहेको उल्लेख गर्नुभयो । ट्रान्सफ्याटबाट बिश्व नै आतकित भइरहेको सन्दर्भमा कोहि पनि अछुतो रहन नस्क्ने भएपनी भरतपुर महानगरपालिकालाई ट्रान्सफ्याट
मुक्त महानगर निर्माण गर्ने लक्ष्यमा आफू रहेको बताउनुभयो । अबको मेरो मुख्य एजेण्डा भरतपुर महानगरलाई देश कै पहिलो ट्रान्सफ्याट
मुक्त महानगर घोषणा गर्ने रहेको छ उप प्रमुख अधिकारीले भन्नुभयो,यसमा सबै सरोकारवाला  निकाय,होटल ब्यबसायी र अन्य अधिकारकर्मीहरुको साथ र सहयोगको आबश्यक्ता पर्दछ ।
बिश्वमा हरेक ४ बर्षमा औद्योगिक ट्रान्सफ्याटको उपभोगले ५ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । बिश्व स्वास्थ्य सगठनले ट्रान्सफ्याटको उपयोग कुल क्यालोरिको १ प्रतिशत भन्दा कम गर्न सुझाव दिएको छ । सगठ्नले सन् २०२५ सम्ममा बिश्वब्यापी रुपमा ट्रान्सफ्याट हटाउने प्रयास गरिरहेको छ ।
यता नेपाल सरकारले खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याटको मात्रा खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशत भन्दा बढी नहुने गरि सिमा निर्धारण गरेको छ । यसबाहेक उत्पादनको लेवलमा ट्रान्सफ्याट रहित (ट्रान्सफ्याट फ्री) भनी दावी गरिएको हकमा उक्त खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्सफ्याटको मात्रा शुन्य दशमलव २ ग्राम प्रति १ सय ग्राम चिल्लो पदार्थको तौल भन्दा बढी नभएको हुनुपर्ने ब्यबस्था गरेको छ ।