भरतपुर अस्पतालमा महिला मृत्यु प्रकरण : छानविन समिति गठन

Screenshot_20240821_110318_Facebook

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएको विषयमा छानविन गर्ने जिल्ला प्रशासन कार्यालय चितवन र पीडित पक्षबीच सहमति भएको छ ।

घटनाको छानविन गर्न अस्पतालको आन्तरिक छानविन समिति बनिसकेको अवस्थामा जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाउनेगरी नौ सदस्यिय सर्वपक्षित छानविन समिति गठन गरिएको छ भने थप छानविनका लागि गृहमन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पनि अनुरोध गर्ने निर्णय भएको छ । भरतपुर महानगरपालिका–१२ मुनालचोक घरभई हाल गैंडाकोट बस्ने ३९ वर्षीय सम्झना काफ्लेको उपचारको क्रममा हिजो (मंगलवार) राति साढे १० बजे मृत्यु भएको थियो ।

घटनाको विषयमा छानविन सरकारी पक्ष र पीडित पक्षबीच सहमति भएपछि परिवारले मृतकको शव बुझ्ने भएको छ । छानविन प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएपछि शवको अन्तिम संस्कार गर्नेगरी परिवारले मृतकको शव बुझेर लैजाने भएको हो ।

जिल्ला स्तरिय सर्वपक्षीय छानविन समितिको संयोजकमा भरतपुर अस्पतालका डा प्रकाश खतिवडा रहेका छन् भने सदस्यहरुमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयकी प्रशासकिय अधिकृत अन्तिम सिंजाली, पीडित पक्षबाट रमेश काफ्ले, मन्दिरा काफ्ले र सदस्य सचिवमा शाखा अधिकृत तुलसीराम आचार्य नियुक्त भएका छन् । मृतकका श्रीमान रामप्रसाद काफ्लेलाई आमन्त्रितको रुपमा बोलाउन सकिने छ ।

ताजा समाचारहरुः

भरतपुर अस्पतालमा महिला मृत्यु प्रकरण : छानविन समिति गठन

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

भरतपुर अस्पतालमा महिला मृत्यु प्रकरण : छानविन समिति गठन

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

भरतपुर अस्पतालमा महिला मृत्यु प्रकरण : छानविन समिति गठन

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

भरतपुर अस्पतालमा महिला मृत्यु प्रकरण : छानविन समिति गठन

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

भरतपुर अस्पतालमा महिला मृत्यु प्रकरण : छानविन समिति गठन

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

भरतपुर अस्पतालमा महिला मृत्यु प्रकरण : छानविन समिति गठन

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

भरतपुर अस्पतालमा महिला मृत्यु प्रकरण : छानविन समिति गठन

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी