काठमाडौँ । बागमती प्रदेश सरकारले गाईजात्राको दिन भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।