चितवन। भरतपुरमा आफ्नै घरको धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर एक बृद्धको मृत्यु भएको छ । हिजो बुधबार ८ बजे भरतपुर महानगरपालिका १० स्वस्तिक चोक बस्ने ८५ बर्षिय मुक्तिनाथ सापकोटा धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो ।
लडेर घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।