इटहरी । प्रहरीले नाबालिकाको हत्या आरोपमा सुनसरीको इटहरीबाट एक जनालाई पक्राउ गरेको छ ।
शनिबार इहटरी उपमहानगरपालिका– ५ मा डेढ वर्षीया नाबालिका आइन्सु लुइँटेलको हत्यामा संलग्न भएको आरोपमा ३० वर्षीय शालिग्राम लुईंटेल पक्राउ परेका हुन् । शालिग्राम आइन्सुका काका हुन् ।
शनिबार अपरान्ह इटहरी–५ मा डेरा गरी बस्दै आएका लुईंटेलले दाजु नवराज लुईंटेलको डेढ बर्षीया छोरी आइन्सु लुईंटेललाई आफ्नै डेरामा धारीलो ब्लेडले काटेर हत्या गरेका प्रहरीको भनाइ छ ।
घटनालगत्तै प्रहरीले लुईंटेललाई पक्राउ गरेको छ ।