Latest News

नेकपा एमाले खैरहनी १० को अध्यक्षमा चन्द्रमान श्रेष्ठ चयन

khairahani 10 uml

चितवन । नेकपा (एमाले) वडा कमिटी खैरहनी नगरपालिका १० को अध्यक्षमा चन्द्रमान श्रेष्ठ चयन भएका छन् ।

शनिबार सम्पन्न वडा अधिवेशनले सर्वसम्मतिबाट श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा मञ्जु आचार्य, सचिवमा विक्रम चौधरी, उपसचिव महिलातर्फ हिरामाया दवाडी र उपसचिव खुलातर्फ दिनेशकुमार नेपाली चयन भएका छन् ।