Latest News

मन्त्री चौधरीद्वारा स्काउट प्रमुखको दिक्षा ग्रहण

Messenger_creation_e2008b3e-82e0-4baf-a756-9a5a29cfd9fb

काठमाडौँ । माननीय युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीज्यूले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण गरेका छन् ।
नेपाल स्काउट ऐन २०५० ले गरेको व्यवस्था वमोजिम मन्त्री चाैधरीले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण गरेका हुन ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित दिक्षान्त समारोहमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजित, विद्यमान राष्ट्रिय कार्यकारी समितिका पदाधिकारीहरु, राष्ट्रिय परिषद् सदस्यहरु, विभिन्न स्थानीय स्काउट पालिका प्रमुख आयुक्तहरु, राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षक, स्काउटर तथा रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो ।

दिक्षान्त समारोहमा मन्त्री चाैधरीले नेपाल स्काउट ऐन २०५० लाई समयसापेक्ष संशोधन गरी आफ्नै कार्यकालमा जारी गर्न आफु प्रतिबद्ध रहेकाे बताए।

युवाहरुमा खस्किदै गइरहेको सामाजिक भावना बढाउन नेपाल स्काउटको भूमिका दिनप्रतिदिन बढ्दै गइरहेको भन्दै उनले नेपाल स्काउटलाई ७५३ वटै स्थानिय तहमा बिस्तार र विकास गर्न आफु सदैव लागि पर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।

उक्त समारोहमा मन्त्रालयका सचिव अर्यालले नेपाल स्काउटको श्रीवृद्दिका लागि मन्त्रालय पुर्णरुपमा नेपाल स्काउटसगं एकाकार भएर कार्यहरु अघि बढाई समग्र विकास र विस्तारमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजितले नवदिक्षित प्रमुख स्काउटलाई बधाई तथा शुभकामना सहित आफ्नो मन्तव्य राखे भने नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त (पुरुष विभाग) देवराज घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।