काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।
काठमाडौं । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।
काठमाडौँ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ । इस्माइल हानियाको तेहरानमा हत्या भएपछि सिनवारलाई नयाँ नेता चयन गरिएको हो । २०१७ देखि, सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका छन र अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ । बिबिसीका अनुसार हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको छ । इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि बदला लिने बताइरहेका बेला हमासले आफ्नो नयाँ नेता छानेको छ । इरान र उसका सहयोगीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहराएका छन्…
चितवन । राप्ती नगरपालिकाको मेयर र उपमेयरको कार्यकक्षमा लगाएको ताला आज बुधबार खोलिएको छ । कार्यपालिका बैठक र नगर सभाकाे माग गर्दै जनप्रतिनिधिले फागुन ९ गते ताला लगाएका थिए । जनप्रतिनिधि बीचको विवाद समाधान गर्न नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजबादी बीच भएको छलफलमा कार्यपालिका बैठक डाक्ने निर्णय भएपछि ताला खोलिएको राप्ती ८ का वडा अध्यक्ष पूर्ण आचार्यले जानकारी दिनुभयाे । कार्यपालिका बैठक यहि २५ गते डाकिएको छ । राप्तीमा अघिल्लो बर्षको असोज देखि कार्यपालिका बैठक बस्न सकेको छैन भने हिउँदे नगर सभा र बजेट अधिबेशन हुन सकेको छैन । राप्ती ८ का वडा अध्यक्ष आचार्य,१२ का वडा…
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ७ सिसुवारमा रहेकाे राेटरी नमुना मुसहर बस्तीका बालबालिकाहरुकाे स्वास्थ्य परीक्षण गरिएकाे छ । राटरी क्लव अफ रत्ननगर, स्पाउस क्लव अफ रत्ननगर, राेट्याक्ट क्लव अफ रत्ननगरले सीमान्तकृत मुसहर बालबालिकाकाे स्वास्थ्य रक्षाकाे लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयाेजना गरेका हुन । शिविरमा ५१ जना बालबालिकाे स्वास्थ्य परीक्षण गरि निःशुल्क औ षधि समेत वितरण गरिएकाे राेटरी क्लव अफ रत्ननगरकी अध्यक्ष विरन्जना सापकाेटा घिमिरेले जानकारी दिइन् । परीक्षणका क्रममा बालबालिकाहरु कुपाेषण, छालाकाे राेग, ज्वराे, कानकाे समस्या, चिलाउने, लगायतका राेगले ग्रसित रहेकाे र विशेषज्ञ डाक्टरहरुबाट उपचार गरिएकाे उनले जानकारी दिइन् । राेटरीले बालबालिकाकाे स्वास्थ्य परीक्षणसंगै तिनका अभिभावकलाई स्वास्थ्य सचेतना…
काठमाडौँ । माननीय युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीज्यूले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण गरेका छन् । नेपाल स्काउट ऐन २०५० ले गरेको व्यवस्था वमोजिम मन्त्री चाैधरीले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण गरेका हुन । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित दिक्षान्त समारोहमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजित, विद्यमान राष्ट्रिय कार्यकारी समितिका पदाधिकारीहरु, राष्ट्रिय परिषद् सदस्यहरु, विभिन्न स्थानीय स्काउट पालिका प्रमुख आयुक्तहरु, राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षक, स्काउटर तथा रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो । दिक्षान्त समारोहमा मन्त्री चाैधरीले नेपाल स्काउट ऐन २०५० लाई…
चितवन । सिमलताल दुर्घटना अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ। मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो। कार्यदलका संयोजक समेत रहेका गृहमन्त्रालयका सहसचिव छवि रिजालले मन्त्री लेखक समक्ष प्रतिवेदन पेस गरे। आफू मन्त्री नियुक्त भएपछि लेखकले असार ३१ गते दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए।कार्यदलले साउन २ गतेदेखि आफ्नो काम थालेको थियो। दुर्घटनाको कारण, मृतक परिवार पाउनपर्ने क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन के गर्न सकिन्छ भन्ने विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको छ। गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र…
काठमाडौं २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध र नेपाली जनतालाई सुखी बनाउन आवश्यक रहेको बताएका छन् । सरकारले नागरिकका आवश्यकता पूर्तिसँगै शान्ति सुरक्षाको प्रत्याभूति गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । “भयानक र खतरनाक तगारो भनेको भ्रष्टाचार हो, यसलाई नियन्त्रण गर्छौँ,” उनले भने । उनले सरकारले भ्रष्टाचारका विषयमा कुनै ‘कम्परमाइज’ नगर्ने उल्लेख गरे । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले सरकारले कसैप्रति आग्रह, पूर्वाग्रह नराख्ने बताए । “अहिलेको सरकार कसैप्रति आग्रह, पूर्वाग्रह र कसैलाई…
बागलुङ । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ । आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छजनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । रासस