रास्वपा महाधिवेशनमा दमदार भाषण गरेकी सीता ज्ञवाली चर्चाबाहिर, २० वर्ष नर्सिङ सेवापछि राजनीतिमा सक्रिय

रास्वपा महाधिवेशनमा दमदार भाषण गरेकी सीता ज्ञवाली चर्चाबाहिर, २० वर्ष नर्सिङ सेवापछि राजनीतिमा सक्रिय

रास्वपा महाधिवेशनमा दमदार भाषण गरेकी सीता ज्ञवाली चर्चाबाहिर, २० वर्ष नर्सिङ सेवापछि राजनीतिमा सक्रिय

चितवन, असार ९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा अधिकांश पुरुष नेताहरूका भाषणले सञ्चार माध्यममा व्यापक स्थान पाए। तर, उद्घाटन मञ्चमा रास्वपाको उदयदेखि चितवनको भूमिकासम्म दमदार प्रस्तुति दिएकी एक महिला नेताको भाषण भने चर्चाको केन्द्रमा पर्न सकेन। ती महिला नेतृ हुन्– रास्वपा चितवनकी सदस्य नम्बर १ तथा भरतपुर महानगर समितिकी निर्वाचित सभापति सीता ज्ञवाली। स्वागत मन्तव्यको जिम्मेवारी पाएकी उनले अतिथिहरूलाई स्वागत गर्दै चितवनलाई रास्वपाको ‘हेडक्वार्टर’ का रूपमा व्याख्या गर्दै पार्टीको सुरुआती यात्राबारे भावपूर्ण सम्बोधन गरेकी थिइन्। राजनीतिमा आउनुअघि ज्ञवाली चितवनको पुरानो मेडिकल कलेजमा २० वर्षसम्म नर्सका रूपमा कार्यरत थिइन्। उनी कुनै राजनीतिक दलमा आबद्ध नभए पनि…
Read More
नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै

नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै

काठमाडौँ, असार ९ – जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाउ दिएको छ । लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एकदुई स्थानमा तातोलहर ९हिटवेभ०को जोखिम कायमै रहेको विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमापनि तातोलहर चल्न सक्ने सम्भावना औँल्याइएको छ । मौसम पूर्वानुमान अनुसार धनगढी र नेपालगन्जमा आज तातो हावाको लहर (हिटवेभ) चल्ने सम्भावना र धनगढीमा अधिकतम् तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस तथा नेपालगन्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । वीरेन्द्रनगर, घोराही र भैरहवालगायतका तराई क्षेत्रमा ‘तातो दिन’ को अवस्था रहने,…
Read More
रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत निर्वाचन हुने

रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत निर्वाचन हुने

चितवन, असार ९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुने भएको छ। निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। बन्दसत्र दिउँसो २ बजे सुरु भई साँझ ६ः४५ बजे समापन हुने कार्यक्रम छ। निर्वाचनमा विद्युतीय उपकरण प्रयोग गरिनेछ। प्रवासमा रहेका प्रतिनिधिका लागि पार्टीको आफ्नै एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। करिब ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने तयारी गरिएको छ। यस निर्वाचनबाट एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ। कुनै उम्मेदवारका प्रस्तावक वा समर्थकले अन्य…
Read More
अन्तर्राष्ट्रिय एकल महिला दिवस: अधिकार, सम्मान र सामाजिक न्यायको आवाज

अन्तर्राष्ट्रिय एकल महिला दिवस: अधिकार, सम्मान र सामाजिक न्यायको आवाज

पार्वती भण्डारी, काठमाडौं, असार ९ हरेक वर्ष जुन २३ तारिख विश्वभर अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् २०११ मा यस दिनलाई आधिकारिक रूपमा अन्तर्राष्ट्रिय एकल महिला दिवसका रूपमा घोषणा गरेपछि यो दिवसले विश्वव्यापी पहिचान पाएको हो । नेपालसहित विभिन्न देशहरूमा पनि विभिन्न कार्यक्रम, छलफल, सचेतनामूलक अभियान तथा सामाजिक गतिविधिहरू आयोजना गरी यो दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय एकल महिला दिवसको मुख्य उद्देश्य एकल महिलाहरूले भोग्दै आएका सामाजिक, आर्थिक तथा सांस्कृतिक विभेदप्रति ध्यानाकर्षण गराउनु हो । श्रीमानको मृत्यु, सम्बन्ध विच्छेद, परित्याग वा अन्य कारणले एकल जीवन बिताउन बाध्य महिलाहरू अझै पनि धेरै समाजमा विभेद, अपहेलना र अधिकारबाट वञ्चित अवस्थाबाट…
Read More
रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन, असार ९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो । रासस
Read More
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका

दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका

चितवन, असार ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। बन्दसत्रमार्फत विभिन्न प्रतिवेदनमाथि छलफल गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियालाई अघि बढाइने भएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहान १० बजेदेखि प्रतिनिधि दर्ता सुरु भइसकेको छ। प्रतिनिधि व्यवस्थापन उपसमितिले दर्ता प्रक्रियालाई अगाडि बढाएको हो। दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। बन्दसत्र सुरु भएलगत्तै अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। त्यसपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन…
Read More
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा

सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा

काठमाडौं, असार ९ – पूर्वमनन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आफ्नो अडानमा कुनै परिवर्तन नभएको बताएका छन्। शर्माले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले सम्पत्ति छानबिनको विषय विगतमा संसद् र पार्टी दुवै ठाउँमा उठाएको भन्दै अहिले पनि त्यसमा दृढ रहेको उल्लेख गरेका छन्। 'साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु,' उनले फेसबुकमा लेखेका छन्। साथै, उनले आफ्नो भनाइसँग असम्बन्धित विषय जोडेर भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन्। 'तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया…
Read More
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने

रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने

चितवन, असार ९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेद्वारका प्रस्तावकले अर्को उम्मेद्वारको प्रस्तावक बन्न नपाउने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाइने जनाएको हो । त्यसैगरी, कुनै पनि पदका उम्मेद्वारका एक समर्थकले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा समर्थकका रूपमा पनि हस्ताक्षर गर्न नपाइने आयोगले स्पष्ट गरेको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टी सभापति पदका उम्मेद्वारले मनोनयन फारम दाखिला गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर गरेको हुनुपर्ने…
Read More
भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

चितवन, असार ८ – भरतपुर महानगरपालिकाको १९औँ नगरसभा अधिवेशनमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बजेट भाषण प्रस्तुत गर्दै सञ्चार क्षेत्रलाई सुदृढ, पारदर्शी र व्यावसायिक बनाउन विशेष कार्यक्रम अघि सारिएको बताउनुभयो। नगरपालिकाले सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने र सञ्चार गृहहरूको संस्थागत विकास तथा प्रवर्द्धनमा सहयोग गर्ने नीति लिएको छ। साथै, स्थानीय सञ्चार माध्यमलाई सक्षम बनाउन आवश्यक सहकार्य र साझेदारी विस्तार गरिने उल्लेख गरिएको छ। त्यस्तै, नेपाल पत्रकार महासंघ लगायत सञ्चारसँग सम्बन्धित संघ–संस्थाहरूको पूर्वाधार निर्माण तथा विकासमा समेत महानगरले सहयोग गर्ने व्यवस्था गरिएको छ। यसले पत्रकारिता क्षेत्रको…
Read More
चितवनको देवनगरमा ५० हेक्टरको टाइगर सेन्चुरी बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी

चितवनको देवनगरमा ५० हेक्टरको टाइगर सेन्चुरी बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी

चितवन, असार ८ – कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । रास्वा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिइएकी हुन् । भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित टाइगर सेन्चुरी निर्माण स्थलको स्थलगत अवलोकन गरेकी छन् । सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ । देशभर करिब एक दर्जनभन्दा बढी…
Read More