नक्सापासबिनाका घरमाथि रत्ननगरको कडाइ, अभिलेखीकरणसमेत बन्द

नक्सापासबिनाका घरमाथि रत्ननगरको कडाइ, अभिलेखीकरणसमेत बन्द

नक्सापासबिनाका घरमाथि रत्ननगरको कडाइ, अभिलेखीकरणसमेत बन्द

चितवन, साउन २६- चितवनको भरतपुर महानगरपालिका–२८, मेघौलीमा बाघको आक्रमणबाट ६५ वर्षीय मङ्गले बोटेको मृत्यु भएको छ। बिहान मर्निङ वाकका लागि घरबाट निस्किएका बोटेलाई करिब पौने ५ बजे होटल साङ्ग्रीला नजिकैबाट बाघले आक्रमण गरी जंगलतर्फ लगेको बताइएको छ। घटनालगत्तै स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले खोजी थालेको थियो। खोजीका क्रममा बोटेको मृत्यु भइसकेको पुष्टि भए पनि उनको शरीरको एउटा खुट्टाबाहेक अन्य भाग फेला पर्न नसकेको जनाइएको छ। बोटेलाई आक्रमण गर्ने बाघ घटनास्थलनजिकैको झाडीमा रहेको बताइएको छ। सुरक्षा टोलीले बाघलाई नियन्त्रणमा लिन घटनास्थलमा घेराबन्दी गरी प्रयास गरिरहेको छ। घटनापछि मेघौली क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्। सम्भावित…
Read More
ठेकेदारलाई दैनिक ५ हजार ४०० जरिवाना लगाउँदा पनि बलेन ट्राफिक लाइट

ठेकेदारलाई दैनिक ५ हजार ४०० जरिवाना लगाउँदा पनि बलेन ट्राफिक लाइट

चितवन, साउन २६- भरतपुरका मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्न ठडाइएका पोलहरु अलपत्र परेका छन् । बजार क्षेत्रलाई व्यवस्थित बनाउन ट्राफिक लाइट जडान गर्न खोजिएको थियो । तर, लामो समयदेखि ठेकेदार कम्पनीले ट्राफिक लाइट जडान गर्न सकेको छैन । ठेकेदारलाई दैनिक ५ हजार ४०० रुपैयाँ जरिवाना लगाउँदा पनि ट्राफिक लाइट बल्न सकेका छैनन् । मालपोत चोक, केन्द्रीय बसपार्क चोक, हाकिम चोक, चौविसकोठी, सहिदचोक र पुलचोकमा गाडिएका पोलहरु अलपत्र परेका छन् । ट्राफिक लाइट जडानको जिम्मा एभरेष्ट टुसी जेभीले पाएको हो । छ लेन सडकको एक्सप्रेस लेन र सर्भिस लेन दुवैमा ट्राफिक लाइट जडान गर्ने योजना रहेको छ । एक करोड…
Read More
चितवनमा भूगोलका आधारमा पकाउने ग्यास वितरण गरिने, गुनासो सुन्न ‘क्विक रेस्पोन्स टिम’ गठन

चितवनमा भूगोलका आधारमा पकाउने ग्यास वितरण गरिने, गुनासो सुन्न ‘क्विक रेस्पोन्स टिम’ गठन

चितवन, साउन २६- जिल्ला प्रशासन कार्यालय चितवनले उपभोक्ताको गुनासो र ग्यासको उपलब्धतालाई ध्यानमा राख्दै भूगोलका आधारमा (क्लस्टर प्रणाली) खाना पकाउने ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ। २०८३ साउन २४ गते ग्यास उद्योगी तथा डिलरहरूसँग भएको छलफलपछि प्रशासनले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार जिल्लाको पश्चिम खण्ड (पश्चिम चितवन र माडी नगरपालिका), भरतपुर महानगरपालिकाका वडा नं. १, २, ३, ४ र २९, वडा नं. १०, ११ र १२ तथा वडा नं. ५, ६, ७, ८ र ९ का लागि छुट्टाछुट्टै १–१ दिन ग्यास वितरण गरिनेछ। पूर्वी चितवनका डिपोहरूमा भने साविकबमोजिम नै निरन्तर ग्यास वितरण हुने जिल्ला प्रशासन कार्यालयले…
Read More
चितवन सेवा समाजद्धारा चितवनको माडीमा तेस्रो भव्य तीज गीत प्रतियोगिता हुँदै

चितवन सेवा समाजद्धारा चितवनको माडीमा तेस्रो भव्य तीज गीत प्रतियोगिता हुँदै

चितवन,साउन २६- चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले यो बर्ष पनि तीज गीत प्रातोगिता गर्दैछ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर चितवनकै माडीमा तीज गीत प्रतियोगिता गर्न लागेको हो । विगत १३ वर्ष देखी सुरक्षित आप्रवास तथा सामाजिक एवं मानवीय परोपकारी कार्यमा सक्रिय रहदै आएको यस चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको यो तेस्रो तीज गीत प्रातोगिता हो । समितिले आऊदो भदौ २० गते शनिवारका दिन जिल्लाको माडीको बसन्तपुर स्थित होटल प्याराडाइजको सभा हलमा “तेश्रो बृहत खुल्ला तीज गीत प्रतियोगिता २०८३”आयोजन गरिएको कार्यक्रमकी संयोजक लीला पौडेलले जानकारी दिनु भयो । प्रतियोगितात्मक कार्यक्रममा आयोजकले पुरस्कारको प्रतियोगितामा…
Read More
बाघको आक्रमणपछि मेघौलीमा त्रास, ६५ वर्षीय वृद्धको खोजी तीव्र

बाघको आक्रमणपछि मेघौलीमा त्रास, ६५ वर्षीय वृद्धको खोजी तीव्र

चितवन,साउन २६- चितवनको भरतपुर महानगरपालिका–२८, मेघौली जितपुरका ६५ वर्षीय मङ्गले बोटेलाई मंगलबार बिहान बाघले आक्रमण गरी जंगलतर्फ लगेको छ। स्थानीयका अनुसार बिहान करिब पौने ५ बजे मर्निङ वाकका लागि घरबाट निस्किएका बोटेलाई मेघौलीस्थित होटल साङ्ग्रीलानजिकैबाट बाघले आक्रमण गरी जंगलतर्फ लगेको हो। घटनापछि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा चितवन राष्ट्रिय निकुञ्जको टोलीले बेपत्ता बोटेको खोजी तथा उद्धार कार्य तीव्र पारेको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रनजिक पर्ने उक्त क्षेत्रमा वन्यजन्तुको आवागमन बाक्लो हुने भएकाले स्थानीयवासी त्रसित बनेका छन्। घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले सो क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र बिहान–बेलुका एक्लै बाहिर ननिस्कन आग्रह गरेको छ। बोटेको अवस्था तथा…
Read More
समस्याग्रस्त बाघको व्यवस्थापनपछि घट्यो मानवीय क्षति

समस्याग्रस्त बाघको व्यवस्थापनपछि घट्यो मानवीय क्षति

चितवन,साउन २६- नेपालमा बाघको सङ्ख्या बढ्दै गए पनि बाघको आक्रमणबाट हुने मानवीय क्षति भने घट्दो क्रममा रहेको पाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ। सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या ३५५ थियो। चार वर्षको अवधिमा बाघको सङ्ख्या ७४ ले बढेको हो। सबैभन्दा धेरै बाघ पाइने चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा समेत बाघको सङ्ख्या १२८ बाट बढेर १४५ पुगेको छ। बाघको सङ्ख्या बढे पनि त्यसको तुलनामा मानवीय क्षति भने कम हुँदै गएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालभर बाघको आक्रमणबाट १० जनाको मृत्यु…
Read More
चितवनमा दोस्रो ‘बिल्ड नेपाल एक्स्पो २०२६’ हुँदै

चितवनमा दोस्रो ‘बिल्ड नेपाल एक्स्पो २०२६’ हुँदै

चितवन,साउन २६- घरजग्गा व्यवसाय, भवन निर्माण तथा निर्माण सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा दोस्रो ‘बिल्ड नेपाल एक्स्पो २०२६’ आयोजना हुने भएको छ। एसवन होम्स र भी ग्रुप इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आगामी मंसिर ११ देखि १३ गतेसम्म चितवन उद्योग संघस्थित चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो आयोजना गर्न लागिएको हो। घरजग्गाको कारोबार, भवन निर्माण तथा निर्माणका लागि आवश्यक सामग्री र प्रविधिबारे जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको एसवन होम्सका प्रबन्ध निर्देशक तथा एक्स्पो संयोजक सुरज न्यौपानेले जानकारी दिए। देशकै केन्द्रविन्दुका रूपमा रहेको चितवनमा घरजग्गा तथा निर्माण क्षेत्रको व्यवसायलाई थप चलायमान बनाउन एक्स्पो आयोजना गर्न लागिएको उनले बताए। “गत वर्ष पनि हामीले…
Read More
चितवन प्रशासनले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्‍यायो

चितवन प्रशासनले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्‍यायो

चितवन,साउन २६- जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्‍याउन सहजिकरण गरेको छ । असाहय, अशक्त, अपाङ्, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पु¥याइएको हो । गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुर, पूर्वी चितवन तथा पश्चिम चितवन क्षेत्रमा ती ग्यास सिलिण्डर वितरण गरिएको छ । ग्यासको अभाव भएका आश्रमहरुमा समेत आश्रममा नै ग्यास पुर्‍याइएको हो । उद्योगबाट ग्यास आउने, डिपोमा पुग्ने र डिपोबाट आम उपभोक्ताकोमा सहजरुपमा नपुग्ने गरेको गुनासो आएसँगै स्थानीय प्रशासनले ग्यास उद्योगदेखि…
Read More
माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

चितवन, साउन २६- अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ । माग बढेसँगै अण्डाको मूल्य बढेको हो । फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उहाँले बताउनुभयो । मूल्य बढ्दै गर्दा पनि किसानले लागत…
Read More
सौरहाको बाटिका रिसोर्टको व्यवस्थापन जिम्मा अब ‘प्यारडाइज इन’लाई

सौरहाको बाटिका रिसोर्टको व्यवस्थापन जिम्मा अब ‘प्यारडाइज इन’लाई

चितवन, साउन २५- चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौरहामा लामो समयदेखि सञ्चालित बाटिका रिसोर्टको व्यवस्थापन प्यारडाइज इन प्राइभेट लिमिटेडले सम्हाल्ने भएको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी प्यारडाइज इनले रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी लिन लागेको हो । वि.सं. २०५५ जेठ १४ (सन् १९९८ मे २८) मा स्थापना भएको बाटिका रिसोर्टले विगत करिब तीन दशकदेखि सौरहाको पर्यटन तथा आतिथ्य क्षेत्रमा योगदान पु¥याउँदै आएको छ । करिब २८ कट्ठा (९,५०१.६४ वर्गमिटर) को फराकिलो क्षेत्रफलमा फैलिएको यो रिसोर्ट पर्यटकीय तथा व्यावसायिक दुवै प्रयोजनका लागि उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ । रिसोर्टमा ४० वटा सुविधासम्पन्न कोठाहरू छन् । २०० जना क्षमताको सभा हल,…
Read More