आज २०८१ साल असोज २५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
आज २०८१ साल असोज २५ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर ११ तारिख। असोज शुक्ल पक्षको महाअष्टमी उपरान्त महानवमी तिथि। नवरात्रमा आज महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेषः स्वास्थ्यको ख्याल राख्नुपर्नेछ। मन अशान्त हुनेछ। यात्रामा कष्ट हुनेछ। किनमेलमा घाटा हुने जोखिम छ। आज तपाईंले बजारको सामान किन्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। वृषः धन प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा सन्तोषजनक फाइदा हुनेछ। दाम्पत्य सुख प्राप्त होला। पर्यटनको क्षेत्रबाट…