सभापति लामिछानेको अध्यक्षतामा बन्यो चितवनमा हुने रास्वपाको महाधिवेशन मूल आयोजक समिति

सभापति लामिछानेको अध्यक्षतामा बन्यो चितवनमा हुने रास्वपाको महाधिवेशन मूल आयोजक समिति

सभापति लामिछानेको अध्यक्षतामा बन्यो चितवनमा हुने रास्वपाको महाधिवेशन मूल आयोजक समिति

चितवन,जेठ १७- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल, सबै केन्द्रीय समितिको सदस्यहरु र सबै प्रदेश सभापतिहरू रहेका छन्। आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन हुँदैछ।
Read More
बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

काठमाडौँ, जेठ १७- प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा उहाँले भ्रष्टाचार निमूल गर्न सरकार सबै हिसाबले क्रियाशील हुने बताउनुभयो । सांसद बुर्लाकोटीले सरकारले पहिलो वर्षलाई सुशासनको वर्षका रूपमा लिएकामा धन्यवाद दिँदै मन्त्री र सांसदको निगरानीमा विभिन्न निकाय रहेको समेत बताउनुभएको थियो । सदनमा माग भएबमोजिम प्रधानमन्त्री शाह जवाफ दिन उपस्थित भएपछि सांसदले सकारात्मक रूपमा लिए पनि नियमावलीको प्रक्रियाअनुसार पूर्वतयारीको लिखित प्रश्नोत्तर हुन नसकेमा विपक्षी सांसदले ध्यानाकर्षण गराउनुभएको थियो । रासस
Read More
नेपालले भारतको सीमा मिचेको प्रमाण देखाउन कांग्रेसको माग

नेपालले भारतको सीमा मिचेको प्रमाण देखाउन कांग्रेसको माग

काठमाडौँ, जेठ १७- प्रधानमन्त्री बालेन्द्र शाहको नेपालले भारतको सीमा मिचेको भन्नेअभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको थाहा पाएको बताएका थिए। कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीले गम्भीर र आपत्तिजनक विषय उठाएको भन्दैप्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन्। ‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो। कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्‍यो। होइन भने, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ?’ उनले भनिन्, ‘यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्।’
Read More
सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँः प्रधानमन्त्री

सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँः प्रधानमन्त्री

काठमाडौँ, जेठ १७- प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहेको बेलामा नै सङ्घ सरकारलाई भनेको स्मरण गरे। उनले सुकुमबासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्ने बताए । त्यो आफू नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको मान्यता रहेको बताए । उनले सुकुमबासी हटाउन काठमाडौँलाई सबैभन्दा पहिलो प्राथमिकतामा पारेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री शाहले उनीहरूको जोखिममा रहेको ज्यान बचाउन भएको बताए । जग्गा उपलब्ध गराउने विषयमा ३ मन्त्रालयले काम गरिरहेका उनको…
Read More
बजेटले बढायो मन्त्रीहरूको सम्पत्ति, बालेनको मात्रै ३९ लाखले वृद्धि

बजेटले बढायो मन्त्रीहरूको सम्पत्ति, बालेनको मात्रै ३९ लाखले वृद्धि

बजेटमा गरिएको सुनको भन्सार वृद्धिसम्बन्धी निर्णयले क्याबिनेटका १५ मन्त्रीको सम्पत्ति झन्डै डेढ करोड रुपैयाँले बढेको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेखित सुनको मात्राले सो बराबरको सम्पत्ति बढेको देखाएको हो । केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा हाल कायम रहेका मन्त्रीहरूसँग ७१०.५० तोला सुन रहेको देखाइएको छ । शुक्रबार आएको बजेटपछि आज आइतबार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको छ । यो हिसाबले हेर्दा मन्त्रीहरूको सम्पत्ति कुल १ करोड ४५ लाख ६५ हजार रुपैयाँले बढेको देखिन्छ । यसमध्ये सबैभन्दा धेरै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कै देखिएको छ । उनको मात्रै ३८…
Read More
अध्यागनले भन्यो- श्रम स्वीकृति जारी भइसकेपछि मात्रै विमानस्थल आउनु

अध्यागनले भन्यो- श्रम स्वीकृति जारी भइसकेपछि मात्रै विमानस्थल आउनु

काठमाडौँ, जेठ १७- श्रम स्वीकृति जारी भएपछि मात्रै विमानस्थल आउन अध्यागमन विभागले अनुरोध गरेको छ । विभागले प्रेस विज्ञप्ती जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन अनुरोध गरेको हो । आवेदन मात्रै दिएर स्वीकृति नहुँदै विमानस्थल आउँदा श्रमिकहरूलाई मर्का पर्ने गरेको भन्दै अध्यागमनले श्रम स्वीकृति जारी भइसकेपछि मात्रै आउनु अनुरोध गरेको हो ।
Read More
साताको पहिलो दिन सुनको मूल्य २० हजार ५ सयले बढ्यो

साताको पहिलो दिन सुनको मूल्य २० हजार ५ सयले बढ्यो

काठमाडौँ, जेठ १७- नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो दिन (आइतबार)छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ। जेठ १५ गते चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि…
Read More
गैँडाकोटमा घरायसी विवादका कारण बुबाले गरे छोराको हत्या

गैँडाकोटमा घरायसी विवादका कारण बुबाले गरे छोराको हत्या

नवलपुर ,जेठ १७- घरासयसी विवादले उग्ररुप लिएपछि नवलपुरको गैंडाकोटमा घरायसी विवादका क्रममा बुबाले आफ्नै छोरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।गैंडाकोट नगरपालिका वडा नं.१५ चिन्तामणी टोलमा शनिबार राती बुबाले छोरामाथि खुर्पा प्रहार गरी हत्या गरेका हुन्। प्रहरीका अनुसार चिन्तामणी टोल बस्ने ६३ वर्षीय डम्मर गिरी र उनका ४३ वर्षीय छोरा शंकर गिरीबीच शनिबार राती अन्दाजी १० बजेको समयमा घरायसी विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद उग्र बन्दै गएपछि बुबा डम्मर गिरीले छोरा शंकरमाथि धारिलो हतियार खुर्पाले टाउकोमा प्रहार गरेका थिए। बुबाको खुर्पा प्रहारबाट शंकरको टाउकोमा गम्भीर चोट लागेको थियो। रगतले लतपतिएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवनको…
Read More
टिकटकर तुलसा अधिकारी पक्राउ

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौँ ,जेठ १७- टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । शनिवार राति उनलाई नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भैसकेको छ । अधिकारीलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइने एसपी मिश्रले बताए । इन्टरपोलबाट रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको हो । Uniglobe. College Tata Futuressoft उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा…
Read More
नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

भरतपुर,जेठ १५- रास्वपा नेतृत्वको सरकारले आज (शुक्रबार) आर्थिक बर्ष २०८३ ८४ को बजेट सार्वजनिक गरेको छ । यो बजेटमा चितवनलाई चितवनलाई चासोका साथ हेरिएको थियो । रास्वपाको सभापति रवि लामिछाने र कानुनमन्त्री समेत रहेकी सोविता गौतम चितवनबाट निर्वाचित भएकाले बजेटमा चितवन प्राथमिकतामा पर्ने विश्वास गरिएको थियो । तर नयाँ बजेटमा भने चितवन प्राथमिकतामा पर्न सकेन । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै चितवनका केही पुराना योजनालाई समेटेका छन । नयाँ योजनामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उपकरण खरिदका लागि ३२ करोड रकम विनियोजन र चेपाङ समुदायलाई आवासिय विद्यायलय संचालन गर्ने मात्रै समेटिएको छ । पुराना योजनामा भरतपुर विमानस्थललाई बिस्तार…
Read More