चितवनमा अशक्त, वृद्ध र एकल महिलाको घरमै एलपी ग्यास पुर्याइने
चितवन, साउन १८- चितवन जिल्ला प्रशासन कार्यालयले अशक्त, वृद्ध, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा अत्यावश्यक समूहलाई घरमै खाना पकाउने एलपी ग्यास पुर्याउने व्यवस्था गरेको छ । ग्यास अभावका कारण समस्या परेका व्यक्तिले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा जानकारी गराएपछि उद्योगी र डिलरमार्फत घरमै ग्यास उपलब्ध गराइने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, ग्यास उद्योगी र डिलरबीच भएको छलफलपछि यस्तो व्यवस्था मिलाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त तथा अपाङ्गता भएका व्यक्तिले ग्यास नपाएको जानकारी आएमा तत्काल घरमै ग्यास पठाउने व्यवस्था गरिएको बताउनुभयो । त्यस्तै, एकल महिला, वृद्धवृद्धा, छात्रावासका विद्यार्थी, आश्रम तथा अन्य अत्यावश्यक क्षेत्रमा पनि प्राथमिकताका आधारमा…