चितवनमा एसीको ग्याँस भर्ने क्रममा सिलिण्डर बिष्फोट हुँदा एकको मृत्यु,एक घाइते

चितवनमा एसीको ग्याँस भर्ने क्रममा सिलिण्डर बिष्फोट हुँदा एकको मृत्यु,एक घाइते

चितवनमा एसीको ग्याँस भर्ने क्रममा सिलिण्डर बिष्फोट हुँदा एकको मृत्यु,एक घाइते

भरतपुर,साउन ८- चितवनका सिलिण्डर बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । आज (शुक्रबार) ३ः२० बजेको समयमा भरतपुर १६ गणेशमन्दिर स्थित रोयल फार्मासिटी औषधि उद्योगको दोस्रो तल्लामा एसी कुलिङ ग्याँस भर्ने क्रममा काल्टोन फोर टेन ए नामको ग्याँस सिलिण्डर पड्कदा एसी ग्याँस भर्न आएका टेक्निसियनहरु घाइते भएका हुन । घाइते मध्ये भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर १२ का ३० वर्षिय प्रमोद कोइरालाको मृत्यु भएको हो । अर्का घाइते पर्सा पर्टेर्वा गाउँपालिका ५ का २८ बर्षिय इम्तियाज देवान गम्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Read More
स्पाउज क्लब अफ आरसी नारायणगढद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

स्पाउज क्लब अफ आरसी नारायणगढद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चितवन, साउन ०८- भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयमा स्पाउज क्लब अफ आरसी नारायणगढको आयोजनामा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री, क्यालकुलेटर, स्कुल ड्रेस तथा जुत्ता वितरण गरिएको छ। पूर्व रोटरियन राजाराम सिटौला तथा स्पाउज शान्ता सिटौलाको सौजन्यमा स्टेशनरी सामाग्री उपलब्ध गराइएको हो । यस्तै १० थान क्यालकुलेटर भने स्पाउस क्लवकी अध्यक्ष सुरक्षा श्रेष्ठले सौजन्य स्वरूप प्रदान गर्नुभएको थियो । स्पाउज क्लबकी अध्यक्ष सुरक्षा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रोटरियन रामप्रसाद गजुरेल प्रमुख अतिथि रहनुभएको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले स्टेशनरी सामाग्री वितरण गरेकोमा विद्यालयका सहायक प्रिन्सिपल मीत्रलाल पौडेलले स्पाउज क्लब…
Read More
पहिरो जोखिम हटाउन तुइन खोलामा ढिस्को काटिने, नारायणगढ–मुग्लिन सडक दैनिक २–३ घण्टा बन्द हुने

पहिरो जोखिम हटाउन तुइन खोलामा ढिस्को काटिने, नारायणगढ–मुग्लिन सडक दैनिक २–३ घण्टा बन्द हुने

चितवन, साउन ८– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै छ । प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ्ने छ । निर्माण कम्पनीले एउटा एक्साभेटर र लोडर तुइन खोलमा ल्याई सकेको छ । घिमिरेका अनुसार दैनिक दुईरतीन घण्टा सडक रोकेर काम गरेमा दुई महिना हाराहारीमा जोखिमपूर्ण ढिस्काहरु झार्न सकिने अनुमान छ । दिउँसोको समयमा सवारी चाप कम हुने भएकाले सोही…
Read More
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ, साउन ८- अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ…
Read More
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, साउन ८- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३५० निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ५०५ मा कारोबार भएको थियो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार…
Read More
नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

चितवन, साउन ७ – नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर अतिक्रमणमा परेको छ । नहर भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्छ । नहरको जग्गा विभिन्न व्यक्ति, सङ्घसंस्था, समूह, र सरकारी निकायले वर्षौँदेखि ओगटेका छन् । अतिक्रमण बढेपछि लिफ्ट सिँचाइअन्तर्गत ‘सी’ नहर हराएर नक्सामा सीमित बन्नपुगेको छ । भरतपुर महानगरपालिका–१ मा पर्ने नारायणी लिफ्ट सिँचाइ विसं २०४० बाट सञ्चालनमा आएको थियो । लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत नहर ‘ए’ बाट नारायणीको पानी तानेर नहर ‘बी’ र नहर ‘सी’ मार्फत सिँचाइका लागि छोडिन्छ । बी र सी नहरका शाखा नहरबाट पानी तानेर किसानले खेतबारी सिँचाइ गर्दै आएका छन् । भरतपुर महानगरपालिका–११ बर्सेनि,…
Read More
चितवनमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड, विहान ८ देखि साँझ ७ बजेसम्म दिन थालियो सेवा

चितवनमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड, विहान ८ देखि साँझ ७ बजेसम्म दिन थालियो सेवा

चितवन, साउन ७– चितवनमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड लाग्न थालेपछि जिल्ला प्रशासन कार्यालयले साँझ सम्म सेवा दिन थालेको छ । राष्ट्रिय परिचय पत्र सेवाका लागि आज (बिहीबार)देखि विहान ८ बजेबाट साँझ ७ बजेसम्म समय व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ । केहीदिन यता अस्वभाविक रुपमा सेवाग्राहीको भीड लागेपछि चितवन प्रशासनले दोब्बर सेवा दिने गरि समय अवधि बढाएको हो । यसअघि दिनमा करिव २ देखि ३ सयको हाराहारीमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाग्राहीलाई सेवा दिँदै आएकोमा आजदेखि दैनिक ७५० जनालाई सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । भीडलाई व्यवस्थापन गर्न विगतमा परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीलाई कार्ड…
Read More
चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन, साउन ७– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका छन् । पछिल्ला वर्षमा स्वास्थ्य संस्थाको पहुँच, निःशुल्क प्रसूति सेवा र चेतनास्तरमा भएको वृद्धिले सुढेनी (परम्परागत सुत्केरी गराउने) को भरमा नपर्ने महिलाहरु नजिकको स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका हुन् । चितवनको भरतपुर जिल्ला अस्पतालबाट आर्थिक वर्ष २०८२/०८३ मा सात हजार ८५३ महिलाले प्रसूति सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्ष आठ हजार ४२० जनाले सो सेवा लिनुभएको अस्पतालका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो । विशेषज्ञसहितको प्रसूति सेवा दिन थालेपछि अस्पतालमा नवलपरासी, गोरखा, तनहुँ र मकवानपुरबाट पनि…
Read More
विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को, एक वर्षमै १८.७६ अर्ब रुपैयाँ खुद बचत

विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को, एक वर्षमै १८.७६ अर्ब रुपैयाँ खुद बचत

काठमाडौं, साउन ७- नेपालले विद्युत् व्यापारमा पहिलो पटक उल्लेखनीय व्यापार बचत हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यात तथ्यांकअनुसार भारत र बंगलादेशसँगको विद्युत् व्यापारबाट नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (नेट ट्रेड सरप्लस) गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ३१३ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/०८२ मा विद्युत् व्यापारबाट नेपालको खुद बचत चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेको थियो । तथ्यांकअनुसार समीक्षा वर्ष २०८२/०८३ मा नेपालले भारत तथा बंगलादेशतर्फ तीन अर्ब ८७ करोड ७४…
Read More
बर्डफ्लु नियन्त्रणमा, साउन १ यता नयाँ संक्रमण पुष्टि भएन

बर्डफ्लु नियन्त्रणमा, साउन १ यता नयाँ संक्रमण पुष्टि भएन

काठमाडौं, साउन ७- देशभर पन्छीमा फैलिएको बर्डफ्लु संक्रमण अहिले नियन्त्रणउन्मुख बनेको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशका कुनै पनि स्थानमा बर्डफ्लुको नयाँ संक्रमण पुष्टि भएको छैन। विभागका अनुसार पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो। त्यसयता प्रभावित क्षेत्र वरपरबाट नमुना संकलन गरी निरन्तर परीक्षण भइरहेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले हाल बर्डफ्लुको अवस्था नियन्त्रणमा रहेको बताउँदै प्रभावित क्षेत्रको निगरानी र परीक्षणलाई निरन्तरता दिइएको जानकारी दिए। विभागका तथ्यांकअनुसार चैत ४ गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसपछि चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले…
Read More