चितवनमा बाघको सुरक्षित बासस्थान बन्यो राप्ती नदी तटीय क्षेत्र
काठमाडौँ, साउन १८- नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै देखिएको छ । ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर बाघको सङ्ख्या धेरै रहेको पाइएको हो । बाघको सङ्ख्या नदी तटीय क्षेत्रमा धेरै र मानव गतिविधि हुने वन क्षेत्रमा तुलनात्मक कम देखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो । “चितवनको राप्ति नदी किनार क्षेत्रमा धेरै बाघ देखिएका छन्,” उहाँले भन्नुभयो, “लालझाडी क्षेत्रमा भने वन अतिक्रमण, मानिसको आवतजावतलगायत कारणले होला बाघको उपस्थिति निकै कम देखियो ।” कृषि, वन तथा पर्यावरणले विश्व बाघ दिवसका अवसरमा गत बुधबार…