होटल स्टार चितवनको रत्ननगर टाँडीमा रास्वपाको महाधिवेशन : गर्मीलाई ध्यानमा राखेर टेन्टको व्यवस्था, बासको पैसा प्रतिनिधिले आफै तिर्नुपर्ने !
चितवन , जेठ ३१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि स्थान तय भएको छ । चितवनमा ७ ९ असारसम्म राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको रास्वपाले रत्ननगर नगरपालिकाको मुख्य बजार टाडीमा उदघाटन समारोह र बन्दसत्र गर्ने महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए । उद्घाटन स्थल पूर्वी चितवनको रत्ननगर टाँडीमा रहेको होटल स्टार चितवनमा तय गरेका छौं । किनभने गर्मी असाध्यै धेरै छ । त्यो कारणले बन्द सत्र त्यहाँ हुन्छ । अनि खुल्ला सत्र त्यहाँको त्यो स्टार बेंक्वेट नजिकैको चौरमा टेन्टहरु राखेर मञ्च बनाएर गर्ने भन्ने छ, उनले भने । टाडी चितवन क्षेत्र नम्बर १ मा पर्छ । टाडी पर्यटकीय नगरी सौराह…