पशुपति आर्यघाटमा बेपत्ताहरूको काँस–कुशको शव बनाएर अन्त्येष्टि (तस्वीरहरू)

पशुपति आर्यघाटमा बेपत्ताहरूको काँस–कुशको शव बनाएर अन्त्येष्टि (तस्वीरहरू)

पशुपति आर्यघाटमा बेपत्ताहरूको काँस–कुशको शव बनाएर अन्त्येष्टि (तस्वीरहरू)

काठमाडौं , भदौ १७- रसुवा बाढीका कारण बेपत्ता रहेका आफन्तको आशा मारेका परिवारजनले काँस-कुशबाट शवको प्रतीमा बनाएर सामूहिक अन्त्येष्टि गरिरहेका छन् । बुधबार दर्जनौं काँस-कुशका शवहरूको पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । बेपत्ताका परिवारजन र आफन्तले हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्दा पशुपति आर्यघाटमा बाक्लो भीड छ । उनीहरूले बेपत्ता आफन्तलाई सम्झिँदाको दृश्य निकै कारुणिक पनि देखिएको छ ।
Read More
जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह

काठमाडौं, भदौ १७- प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीको क्षति व्यवस्थापनमा सरकार जुटिरहेको उल्लेख गर्दै विपत्ति कसरी निम्तियो भन्ने विषयमा पनि गम्भीर अध्ययन आवश्यक रहेको बताए । उनले विज्ञहरूको भनाइ उद्धृत गर्दै रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा भएको हिम चट्याङ तथा हिमपहिरोका कारण सिर्जना भएको र यो क्षेत्रकै ठूलो विपत्तिमध्ये एक भएको बताए । प्रधानमन्त्री शाहले उक्त घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको बताए । आगामी दिनमा यस्ता जोखिम न्यूनीकरणका लागि…
Read More
तीन वर्षको तथ्याङ्क : चितवनमा किशोरी आमा बन्ने दरमा सुधार देखिएन

तीन वर्षको तथ्याङ्क : चितवनमा किशोरी आमा बन्ने दरमा सुधार देखिएन

चितवन, भदौ १७ – स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिए पनि चितवनमा किशोरी आमा बन्ने समस्या अझै अन्त्य हुन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले २० वर्षमुनिका किशोरी आमा बन्ने दरमा उल्लेख्य कमी नआएको देखाएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउनेमध्ये हरेक वर्ष करिब ८ देखि ९ प्रतिशत २० वर्षमुनिका किशोरी रहेका छन् । गत आर्थिक वर्षमा विभिन्न स्वास्थ्य संस्थामा प्रसूति सेवा लिएका ११ हजार ८६८ जनामध्ये ९८५ जना किशोरी आमा रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ८९ जनाले प्रसूति सेवा लिएकामा ९५८…
Read More
पृथ्वी राजमार्गको परेवाभिरमा खोलियो वैकल्पिक सडक

पृथ्वी राजमार्गको परेवाभिरमा खोलियो वैकल्पिक सडक

काठमाडौं ,भदौ १७- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-३ स्थित परेवाभिरमा वैकल्पिक मार्ग खोलिएको छ । त्रिशूलीको बाढीको कटानका कारण सडक भासिएको थियो । सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । हाल सोही ठाउँमा वैकल्पिक ट्रयाक खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । १०० मिटरको नयाँ ट्रयाक खोलिएको छ । उक्त सडकमा सवारी साधन सामान्य सञ्चालन हुन थालेको प्रहरीको भनाइ छ । तर, यो ट्रयाकमा पनि यात्रा गर्न जोखिमपूर्ण रहेको प्रहरीको भनाइ छ । यसअघि त्रिशूलीको बाढीका कारण सोही राजमार्गको कृष्णभिरमा सडक भासिँदा सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो । उक्त खण्डमा बाढीले सडक क्षति गरेपछि संघीय राजधानी काठमाडौं आउजाउका लागि…
Read More
आज सुनको मूल्य ८ हजार ८ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज सुनको मूल्य ८ हजार ८ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ, भदौ १७- नेपाल बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) प्रतितोला तीन लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज (बुधबार) ८ हजार ८ सय रुपैयाँले घटेर दुई लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चाँदी चार हजार ७ सय ६५ रुपैयाँ रहेकोमा बुधबार १८५ रुपैयाँले घटेर चार हजार ५ सय ८० रुपैयाँ कायम भएको छ।
Read More
रसुवा बाढी : मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

रसुवा बाढी : मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

काठमाडौँ, भदौ १७- रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार हालसम्म उक्त संख्यामा मानिस मृत फेला परेका हुन् । प्रहरीका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो । प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको…
Read More
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ, भदौ १७ – भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटीस्थित मौसम मापन केन्द्रमा ६०.२ मिलीमिटर मापन भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । विभागले आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ । हिमाली भूभागका केही तथा…
Read More
त्रिशूलीको कटानले नौबिसे–मलेखु सडक तीन ठाउँमा भासियो

त्रिशूलीको कटानले नौबिसे–मलेखु सडक तीन ठाउँमा भासियो

चितवन, भदौ १६ – रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ । मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ । सडकको भित्तोको डाँडासमेत चिरिएको छ । मलेखुबाट तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतल बजारमा पनि सडक ५० मिटर हाराहारी भासिएको छ । मलेखु पुलबाट एक किलोमिटर काठमाडौँतर्फ परेवाभीरमा पनि १०० मिटर सडकको छेउ भासिएको छ । यस खण्डका प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारी अहिले त्रिशूली नदीले कृष्णभीर लगायतका…
Read More
बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौँ, भदौ १६ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि रु १३ करोड एक रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । ऊर्जा उद्यमीहरूले आआफ्नो तर्फबाट पनि सो रकम हस्तान्तरण गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको कारणले जलविद्युत् परियोजना भौगोलिक तथा विपद्का समस्या भोग्नुपरेकाले आगामी दिनमा जलवायु परिवर्तनमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।…
Read More
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने

कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने

चितवन, भदौ १६ – पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ । भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ । सडक विभागले अवरुद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो । पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको…
Read More